सरकार र थारुवान-थारुहट संघर्ष समितिबीच वार्ता शुरू « Khabarhub

सरकार र थारुवान-थारुहट संघर्ष समितिबीच वार्ता शुरू


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुवान-थारुहट संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता शुरू भएको छ ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन् ।

थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी वार्ता टोली सदस्य छन् ।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायतलाई लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरू आन्दोलनमा छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  २ : ४८ बजे

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने

अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

ओ‌ली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ