प्रधानमन्त्रीको प्रश्न – यो देश प्रचण्डको स्वार्थको पछि सती जानुपर्ने हो ? « Khabarhub

प्रधानमन्त्रीको प्रश्न – यो देश प्रचण्डको स्वार्थको पछि सती जानुपर्ने हो ?


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रले निवेदन दर्ता गराएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको एकता भंग गर्ने अदालतको निर्णयको बचाउ गर्दै अदालतले पार्टी फुटाएको भन्नु नै गलत हुने बताए ।

माओवादी केन्द्र पुनरावलोकनका लागि गएकोमा चर्को आल‍ोचना गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘अदालत मजाक गर्ने ठाउँ हो ?’

ओलीले नेकपाको एकता सर्वोच्चको फैसला अघि नै तोडिएको बताए ।

उनले भने, ‘तपाईंहरूले एउटा क्लासमा जाँच दिएर फेल भएपछि उही क्लासमा फर्किनुहुन्छ नि । अदालतले हाम्रो दर्ता खारेज भयो भनेपछि पहिलेकै ठाउँमा आयो । आदालतले निर्वाचन आयोगलाई १५ दिनको म्याद देउ भनेको थियो । नयाँ नाम लिएर फेरि एउटै पार्टी बनाउन सकिन्थ्यो नि ? एकता गर्नै खोजेको हो भने नयाँ नाम लिएर जाँदा हुन्थ्यो ।’

उनले पुनः एकताको विषयमा कुरा गर्न आफूले प्रचण्डलाई फोन गरेको पनि बताए । तर, त्यो विषयलाई प्रचण्डले अखबारवाजी गरेको आरोप लगाए ।

‘एकता बाँकी थियो र अदालतले भंग गर्ने ? जहाँ अध्यक्षलाई दलको नेताबाट, पार्टीको साधारण सदस्यबाट समेत हटाइन्छ, त्यहाँ एकता थियो भनेर ढाँट कुरा गर्ने ? तैपनि मैले कुरा गर्नलाई फोन गरेँ । उहाँले मजाक बनाएर अखबारवाजी गर्नुभो । अहिले एकताको कुरा गर्दै हुनुहुन्छ । दिँदा नखाने राति गएर कोल चाट्ने ?’

ओलीले प्रचण्डको स्वार्थका पछाडि देश सती जान नसक्ने बताए । प्रचण्डसँग आधा-आधा प्रधानमन्त्री चलाउने पूर्वसहमति प्रचण्डले नै च्यातेको उनको जिकिर थियो ।

‘आधा-आधा भनेको थियो खोइ त भन्छन् ? त्यो सहमति बिचैमा च्यातेर पाँच वर्षै तपाईं गर्नुस भनेको होइन उहाँले ? यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको पछि सती जानुपर्ने हो ?’ उनले भने ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ४ : ५५ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ