माधव समूहको आरोप : एमालेलाई छिन्नभिन्न पार्ने ओलीको दुराशय « Khabarhub

माधव समूहको आरोप : एमालेलाई छिन्नभिन्न पार्ने ओलीको दुराशय


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीबाट सर्वोच्चको फैसलापछि ब्युँतिएको एमालेलाई समेत विभाजन गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई नै विसर्जन गर्ने दुस्प्रयत्न भइरहेको निष्कर्ष निकालेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने नेपाल समूहको निष्कर्ष छ ।

अध्यक्ष ओलीले सोमबार मात्र नेताद्वय नेपाल र रावललाई पार्टी सदस्यबाटै ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । त्यसको भोलिपल्ट मंगलबार बसेको नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरुको बैठकले कारबाहीको निर्णय विधान विपरित भएको निष्कर्ष निकालेको छ ।

‘यस्ता कार्य पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजन गरी छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘यस्तो पार्टी विधान, पद्धति र मान्यता विपरितको कार्यको हामी भर्त्सना गर्दर्छौं ।’

अध्यक्ष ओली आफैं पार्टी विधान विपरित चलेको भन्दै नेपाल समूहले उनले गरेको कारबाही नमान्ने बताएको छ । ‘हामी उहाँले जतिसुकै मान्छेलाई कारबाही गरेपनि त्यो हामी मान्दैनौं । किनकी उहाँले गरेको कारबाहीलाई नेकपा एमालेको विधानले चिन्दैन,’ बैठकपछि उपाध्यक्ष युवराज ज्ञवालीले भनेका छन् ।

आफूहरुको सांगठनिक र वैचारिक गतिविधि विना रोकटोक कायम रहने उनले जानकारी दिए । यद्यपि नयाँ पार्टी नबनाउने ज्ञवालीले प्रष्ट पारेका छन् ।

 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ६ : ०८ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ