स्पष्टीकरण बुझाउँदै नेता पाण्डेले ओलीलाई लेखे- मलाई लगाएको आरोप तपाईंतिर सोझिन्छ « Khabarhub

स्पष्टीकरण बुझाउँदै नेता पाण्डेले ओलीलाई लेखे- मलाई लगाएको आरोप तपाईंतिर सोझिन्छ


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ पठाउँदै आफूमाथि लगाइएका आरोपहरू झूटो भएको बताएका छन् ।

मंगलबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै स्पष्टीकरणको जवाफ पठाएका नेता पाण्डेले भनेका छन्, ‘तपाईंले मलाई आरोपका रुपमा विभिन्न प्रश्नहरु तेर्स्याउनुभएको छ । प्रश्नहरू हेर्दा तपाईंमाथि नै धेरै प्रश्न सोझिएका छन् ।’

आफूलाई प्रचण्डको मतियार भन्ने आरोप लगाउनु हाँस्यास्पद भएको पाण्डेले बताएका छन् । प्रचण्डसँग १५ असोज २०७४ मा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र सिट बाँडफाँट गर्ने तथा ३ जेठ २०७५ मा पार्टी एकता गर्दा आलोपालो अध्यक्ष र आधाआधा प्रधानमन्त्री हुने गोप्य सहमति ओली आफैंले गरेको भन्दै उनले भनेका छन्, ‘अब तपाईं आफैं भन्नुस्, प्रचण्डको मतियार तपाईं हो कि अरु कोही ?’

साबिकको नेकपामा २८ कात्तिकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव तयार गर्न भूमिका खेलेको आरोप पनि झूटो भएको उनले बताएका छन् ।

पार्टी निर्देशन विपरीत कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाउनुलाई उनले बाध्यात्मक कदम भनेका छन्।

यस्तो छ पाण्डेले पठाएको स्पष्टीकरण पत्र

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : ३२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको