अध्ययनले देखायो दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सामाजिक सञ्‍जाल सुरक्षित « Khabarhub

अध्ययनले देखायो दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सामाजिक सञ्‍जाल सुरक्षित


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय एक अध्ययनले दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सामाजिक सञ्जाल सुरक्षित रहेको देखाएको छ ।

सोसल मिडिया अर्गनाइजेसन डिसइन्फोले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अन्य मुलुकको तुलनामा नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि सुरक्षित रहेको पाइएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरम सार्वजनिक गरेको उक्त प्रतिवेदनमा दक्षिण एसियामा सामाजिक सञ्‍जालमा महिला कति सुरक्षित भन्दै अध्ययन गरिएको थियो ।

उक्त अध्ययनमा महिलाहरुलाई सामाजिक सञ्‍जालमा गरिने दुर्व्यवहार र दुर्व्यवहारको प्रकृतिबारे अनुसन्धान गरिएको थियो ।

प्रतिवेदन अनुसार अन्य मुलुकको तुलनामा नेपाली पुरुषहरुले सामाजिक सञ्‍जालमा महिलाहरुलाई अश्‍लित शब्दहरुको प्रयोग कम मात्रामा गर्ने गरेको पाइएको हो । यस मामिलामा सबैभन्दा बढी भारत, त्यसपछि क्रमश: पाकिस्तान, माल्दिभ्स, बंगलादेश र श्रीलंका रहेका छन् ।

डिसइन्फो ल्याबका अनुसार अब्युज-ओ-मिटरका अनुसार राजनीतिज्ञहरुमा भारतमा प्रियंका गान्धी, पाकिस्तानमा मरियम नवाज, माल्दिभ्समा इभा अब्दुल्लालाई सबैभन्दा बढी दुर्व्यवहार गरेको पाइएको हो ।

अन्य सार्क राष्ट्रहरुको तुलनामा नेपालमा दुर्व्यवहार हुने क्रम ८० प्रतिशत कम भएको पाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : ४६ बजे

उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नत

बागलुङ– बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ

डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा आजदेखि सुरु

ठगीको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार ठगी गरेको

सभामुख अर्यालबाट बकर इदको शुभकामना

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश