एटीएम ह्याक गरी पैसा चोर्न खोज्ने चिनियाँ पक्राउ « Khabarhub

एटीएम ह्याक गरी पैसा चोर्न खोज्ने चिनियाँ पक्राउ


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एटीएम ह्याक गरी पैसा चोर्न खोज्ने चिनियाँ पक्राउ परेका छन् । दरबारमार्गस्थित मेगा बैंकको एटीएम बुथ ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गरिएको हो।

परिसरका अनुसार सिआओलङले एटीएम ह्याक गरी पैसा निकाल्न खोजिरहेका थिए। उनी एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजिरहेका थिए।

यो पनि पढ्नुहोस्

नेपालमा चिनियाँ नागरिकको अपराध ‘कनेक्सन’ 

‘विभिन्न बैंकहरूको एटीएम बुथबाट अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न खोजेको सूचना पाएपछि प्रहरी पुगेको थियो,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘यस क्रममा एक जना चिनियाँ पक्राउ गरिएको हो।’

विगत केही वर्षयता चिनियाँ नागरिक एटीएम बुथ ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न हुँदै आएको तथ्य बाहिरिएको थियो।

सिआओलङ ज्याठास्थित होटल मोन्टिसमा बस्ने गर्थे। उनलाई पक्राउ गरी प्रहरी उनी बसिरहेको होटलको ४०५ नम्बर कोठा पुगेको थियो।

त्यहाँ पुग्दा प्रहरीले विभिन्न सामग्रीहरू बरामद गरेको एसएसपी सिंहले बताए।

उनको साथमा १० थान एटीएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेन्राइभ, हिडेन क्यामरा, ड्रिल मेसिन, चाइनिज युएन, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरिएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ०३ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६