प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने घिमिरेलाई रिहा गर्न सर्वोच्चको आदेश « Khabarhub

प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने घिमिरेलाई रिहा गर्न सर्वोच्चको आदेश


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको भन्दै पक्राउ गरिएका आरसी भनिने रुद्रप्रसाद घिमिरेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरि प्रसाद फुयालको इजलाशले घिमिरेलाई रिहा गर्न आदेश दिएको हो ।

अर्घाखाँची घर भएका घिमिरेले रुपन्देहीको जितगढी विजयोत्सवमा सहभागी हुन आएका प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाएका थिए ।

घिमिरेलाई इलाका प्रहरी कार्यालय बुटवलले वैशाख ७ गते बुटवल महानगरपालिका–१ बाट नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले घिमिरेमाथि केही सार्वजनिक अपराध मुद्दामा अनुसन्धान गर्न १० दिन थुनामा राख्न आदेश दिएको थियो ।

प्रशासन कार्यालयले थुनामा राख्ने आदेश दिएपछि महेस डंगोलले वैशाख १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ५ : ५१ बजे

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा