म्यानमारबाट आएका शरणार्थीलाई भारतले खाना र औषधि दिने | Khabarhub Khabarhub

म्यानमारबाट आएका शरणार्थीलाई भारतले खाना र औषधि दिने


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधि उपचारको व्यवस्था गर्न तयार रहेको भारतले जनाएको छ ।

भारतका गृहमन्त्री अमित शाहले आफूहरु म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधिको व्यवस्था गर्न तयार रहेको तर अवैध घुसपैठलाई भने प्रोत्साहित गर्न नसक्ने बताएका छन् ।

म्यानमारमा दैनिकजसो हिंसात्मक प्रदर्शन भएसँगै त्यहाँका नागरिकहरु अवैध रुपमा भारत प्रवेश गरिरहेको भन्दै उनले अवैध प्रवेशलाई रोक्नुपर्ने तर भारत आएकाहरुलाई आवश्यक व्यवस्थापन गर्न आफूहरु तयार रहेको बताए ।

म्यानमारबाट आएका नागरिकहरुलाई खाना र स्वास्थ्यको समस्या भएको छ भने उनीहरुलाई शिविर स्थापना गर्न र आवश्यक सहयोग गर्न तयार रहेको गृहमन्त्री शाहको भनाइ छ । तर म्यानमारबाट अवैध घुसपैठ बढाउन भने भारत सरकार तयार नरहेको उनले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  २ : ३५ बजे

मिथिलाबासी गोधन कुट्ने पर्व मनाउँदै

जलेश्वर (महोत्तरी)- महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा क्षेत्रमा बसोबास गर्ने मिथिलानीहरु आज

असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

काठमाडौं- विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १०

नेपाल सम्वतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छ : उपराष्ट्रपति

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौं उपत्यकाको

म्हः पूजा गरिँदै

काठमाडौं- कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म)

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं- नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी