पदाधिकारी नभए पनि विज्ञापन गर्दै लोक सेवा आयोग « Khabarhub

पदाधिकारी नभए पनि विज्ञापन गर्दै लोक सेवा आयोग


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— गत चैत ११ गतेबाट पदाधिकारीविहीन भएको लोक सेवा आयोगले आगामी बुधबार प्राविधिकतर्फको खरिदार तहको विज्ञापन गर्ने भएको छ ।

खरिदारको विज्ञापन आह्वान गरे पनि परीक्षा भने तत्काल नहुने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए ।

आयोगले वार्षिक कार्यतालिकाअनुसार आगामी २५ गते प्राविधिक खरिदार तर्फका दुई तहमा दरखास्त आह्वान गर्ने भएको हो ।
राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाको चौथो तहको विज्ञापन आह्वानको लागि आवश्यक तयारी भइसकेको सुवेदीले जानकारी दिए ।

उनले भने, ‘वार्षिक कार्यतालिकाअनुसार यी पदहरूको दरखास्त आह्वान चैत अन्तिम सातामा भई जेठमा परीक्षा, असारमा नतिजा प्रकाशन, साउनमा अन्तर्वार्ता र सिफारिस हुनुपर्छ ।’

आयोग पदाधिकारीविहीन भएकाले विज्ञापन आह्वान गरिए पनि परीक्षा लगायत अन्य काम तत्काल नहुने उनको भनाइ छ ।
आयोगमा पदाधिकारी नियुक्त नहुन्जेलसम्म विज्ञापन आह्वान भएका यी पदको लिखित परीक्षा, अन्तर्वार्ता लगायत अन्य सबै काम ठप्प हुने उनले बताए ।

विज्ञापन खुलाउने विषय आयोगको वार्षिक कार्यतालिका अनुसार पदाधिकारीको पदावधि सकिनुअगावै स्वीकृत भइसकेकाले लामो छलफलपछि विज्ञान आह्वानको तयारी भएको उनले बताए । आयोग पदाधिकारीविहीन भएपछि नयाँ विज्ञापन गर्ने कि नगर्ने भन्ने विषयमा अन्यौल रहेको थियो ।

आयोगबाट स्वीकृति लिएका ९२ वटा संस्थामध्ये अझै करिब ४० वटाको विज्ञापन गर्न बाँकी रहेको उनले बताए । निजामती तर्फको वार्षिक कार्यतालिका अनुसार यो अन्तिम विज्ञापन हुने उनले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ६ : ०५ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र