रक्तदानमा युवा सहभागिता बढाउनुपर्छ : प्रदेश २ प्रमुख झा | Khabarhub Khabarhub

रक्तदानमा युवा सहभागिता बढाउनुपर्छ : प्रदेश २ प्रमुख झा


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश २ का प्रमुख राजेश झा अहिराजले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीमा पुगेर सोमबार ३२ औं पटकको रक्तदान गरेका हुन् ।

रक्तदानपछि झाले भने, ‘रक्तदानमा युवा सहभागिता बढाउनुपर्ने छ, म नियमित रक्तदाता भएकोमा गर्व गर्दछु ।’

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले रक्तदातालाई बधाई दिँदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराएका थिए ।

केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सुलभ, गुणस्तरीय र मर्यादित सेवा नेपालको रक्तसञ्चार सेवाको अवधारणा बमोजिम रक्तसञ्चार गतिविधि अघि बढाइएको बताए ।

प्रदेश २ मा रक्तसञ्चार सेवाकोस्तर बृद्धि गर्न नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : ४६ बजे

दूध अभावले ‘चितवन मिल्क’ बन्द

चितवन – दुग्ध उत्पादक सहकारी संस्था र फर्महरुको दूध प्रशोधन

सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सुरु

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशन (बर्खे अधिवेशन)प्रदेशसभा भवन धनगढीमा सुरु

भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र

काठमाडौं– भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ