निर्माणाधीन ठिमुरा–देवघाट जोड्ने पुल भत्कियो | Khabarhub Khabarhub

निर्माणाधीन ठिमुरा–देवघाट जोड्ने पुल भत्कियो


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– निर्माणाधीन चितवनको ठिमुरा–देवघाट जोड्ने पुल भत्किएको छ।

भरतपुर–१ ठिमुरा र देवघाटको घिनाटार जोड्ने पुल आज बिहान करिब ४ बजेको समयमा भत्किएको हो। ठेकेदारको लापरबाहीका कारण पुल भत्किएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले आरोप लगाएएका छन् ।

२२० मिटर लम्बाइ र ८.५ मिटर चौडाइ रहेको यो पुलको भौतिक प्रगति ७५ प्रतिशत पुगिसकेको अवस्थामा आज बिहान भत्किएको पौडेलले बताए । आउँदो असारमा निर्माण सम्पन्न गर्ने तयारीका साथ काम भइरहेको पुल किन भत्कियो भन्ने विषयको प्राविधिक कारण पत्ता लगाइने अध्यक्ष पौडेलले बताए।

यता, सडक डिभिजन भरतपुरका इन्जिनियर विजय दराईले सोमबार गएको भूकम्पका कारण जमिन थर्किएर पुल भत्किएको हुनसक्ने बताएका छन्। पुलमा ४ वटा स्पान राखिँदैछ। तीन वटा कंक्रिटको छ भने नदीको बीचमा पर्ने गरी एउटा फलामको स्पान राखिएको छ।

त्रिशूली नदी किनारमा पर्ने देवघाट–ठिमुरा पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग २०७० साल कात्तिक २० गते १९ करोड ३१ लाख रूपैयाँ लागतमा सम्झौता भएको थियो। तीन वर्षको म्याद सकिने बेलामा पुलको डिजाइन परिवर्तन भयो। डिजाइन परिवर्तन हुँदा सरकारलाई दुई करोड २८ लाख रूपैयाँ थप भार परेको थियो।

डिजाइन परिवर्तन गरेपछि २०७६ वैशाखसम्मको म्याद दिइएको थियो। २०७६ पुसमा खरिद ऐन संशोधन भएर आएपछि देवघाट–ठिमुरा पुल निर्माण गर्ने ठेकेदारले पनि फेरि एक वर्षको म्याद थप पायो।

२०७६ फागुनदेखि म्याद थप भएर पुनः काम सुरू गरेको ठेकेदारले एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो। प्रतिबद्धता जनाएको एक वर्ष पनि गएको फागुनमा सकिएर यता आएको हो। पछिल्लो पटक ठेकेदारले असारमा काम सक्ने बताएको थियो।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ३ : ३४ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने