चीनबाट ल्याएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदै « Khabarhub

चीनबाट ल्याएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदै


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीनबाट ल्याएको कोरोनाभाइरसविरुद्धको खोप ‘भेरोसेल’ आजदेखि लगाइँने भएको छ ।

सरकारले यो खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लामा लगाउने भएको छ ।

यो खोप यसअघि प्रथामिकतामा परेर लगाउन नपाएका, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट कम्पनीमा काम गर्ने, औषधि, फलफूल, तरकारी व्यापारी प्रध्यापकलाई लगाइने जनाइएको छ ।

खोप काठमाडौं उपत्यकाकामा १४ वटा स्वास्थ्य संस्थामार्फत लगाइनेछ । खोप वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र , नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल लगायत अस्पतालमा लगाउने व्यवस्था गरिएको छ ।

चीनले अनुदानमा दिएको आठ लाख डोज कोरोनाविरुद्धको खोप चैत १६ गते नेपाल आइपुगेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ९ : ३२ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका