तत्काल सुधार नहुने देखियो नेपालको वायु प्रदूषण « Khabarhub

तत्काल सुधार नहुने देखियो नेपालको वायु प्रदूषण


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको वायु प्रदूषण तत्काल सुधार हुने सम्भावना नदेखिएको वातावरण विभागले जनाएको छ । काठमाडौँसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको र तत्काल सुधार हुने सम्भावना नदेखिएको विभागले जनाएको छ ।

काठमाडौँ अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ । काठमाडौँको कीर्तिपुर, रत्नपार्क, भक्तपुर, भैंसेपाटीलगायत ठाउँसहित चितवनको भरतपुर, धनगढीलगायत ठाउँहरुमा वायु प्रदूषण उच्च रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको विभागले जनाएको छ । ३ सयभन्दा माथि एक्यूआई हुनुलाई अति हानिकारक मानिन्छ ।

वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जन-स्वास्थ्यविद्ले आग्रह गरेका छन् ।

काठमाडौँसहित देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमल्लिएको छ । गर्मी बढेको तर पानी नपरेकोले सुक्खापन धेरै हुँदा देशका विभिन्न जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएको विज्ञहरूले बताउँदै आएका छन् ।

अहिले पनि झण्डै डेढ सय ठाउँमा आगलागी भइरहेको वन तथा भू संरक्षण विभाग अन्तर्गतको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ । सबैधन्दा धेरै डोटीमा १३ ठाउँमा र प्युठानमा १० ठाउँमा डढेलो लागेको छ ।

यसैबीच, अहिले तराई र पहाडी भूभागका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ । धेरैजसो ठाउँमा तुवाँलो लागेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने र हिमपातकोसमेत सम्भावना रहेको छ ।

यस्तै आज पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन र चट्याङ्सहित हल्का पानी पर्ने सम्भावना रहेको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत अरु केही पहाडी क्षेत्रमा मौसम आंशिक देखि सामान्य बदली भइरहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ९ : ४५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा