सामाजिक सञ्‍जाल चलाउँदा सचेत हुन आग्रह | Khabarhub Khabarhub

सामाजिक सञ्‍जाल चलाउँदा सचेत हुन आग्रह


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउदी अरबस्थित नेपाली दूतावासले सामाजिक सञ्‍जाल चलाउँदा निकै सचेत हुन नेपाली समुदायलाई आग्रह गरेको छ ।

दूतावासले सूचना जारी गर्दै साउदी सरकारका साइबर अपराधसम्बन्धी नियमको सबैले पालना गर्नुपर्ने उल्लेख गरेको छ ।

राजदूत महेन्द्र पी. सिंहले वैदेशिक रोजगारी वा अन्य विविध कामका लागि साउदी आइपुगेका नेपालीले साउदीका अन्य कानुन जस्तै साइबर कानुनलाई पनि उल्लंघन गर्न नहुने उल्लेख गरेका छन् ।

साउदीमा साइबार अपराध बढेपछि सावधानी अपनाउन नजान्दा नेपालीहरू साइबर मुद्दामा परेकाले सचेत रहन राजदूतले सामाजिक सञ्‍जालमार्फत् आग्रह गरेका हुन ।

राजदूत सिंहका अनुसार आफ्ना मोबाइल फोन, म्यासेन्जर, ह्वाट्सएप र भाइबरलगायतबाट अपरिचित व्यक्तिसँग अनावश्यक कुराकानी वा अन्य माध्यमबाट साउदी कानुनको बर्खिलाप हुनेगरी कुनै कुरा अपलोड, शेयर, लाइक, कमेन्ट गरेमा साइबर अपराधअन्तर्गत मुद्दा लाग्‍न सक्छ ।

साउदीमा साइबर अपराधअन्तर्गत ५ वर्षको जेल वा ३० लाख रियाल जरिवाना अथवा दुवै कारबाही हुनसक्ने दूतावासले जनाएक छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १ : २५ बजे

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको

संखुवासभामा भूकम्पको धक्का

संखुवासभा– पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ ।

आज १६०औँ मोती जयन्ती मनाइँदै

काठमाडौं– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर

मनसुन फेरि सक्रिय हुँदै, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व