माओवादीद्वारा आज पनि वाग्मती प्रदेशसभा बैठक अवरुद्ध « Khabarhub

माओवादीद्वारा आज पनि वाग्मती प्रदेशसभा बैठक अवरुद्ध


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले वाग्मती प्रदेशको बुधबारको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको छ ।

माओवादीले मंगलबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको प्रस्तावक अरुणकुमार नेपाल उपस्थित भएनन् ।

यस्तै सो प्रस्तावको समर्थक समेतको सहमति बिनै सत्तारुढ दलका सदस्य कृष्णप्रसाद भूर्तेलले अविश्वास प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए ।

तर, उक्त प्रस्ताव पेश गरेलगत्तै माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेले सो प्रस्तावमाथि बैठकमा छलफल नगराइयोस् भनि बारम्बार माग गरे भने माओवादीले सोही क्रममा बैठक नै अवरुद्ध गरेको हो ।

माओवादीको अवरोधकै कारण आजको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाको अर्को बैठक भोलि दिनको ११ बजेको लागि तय गरिएको उनले बताए ।

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १० : ०१ बजे

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका

सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा

काठमाडौँ – सुनसरी र उदयपुरको सिमानामा पर्ने बराहक्षेत्र तथा बेलका

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग