आगलागी र सवारी दुर्घटनामा परी विभिन्न जिल्लामा ७ जनाको मृत्यु | Khabarhub Khabarhub

आगलागी र सवारी दुर्घटनामा परी विभिन्न जिल्लामा ७ जनाको मृत्यु


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्सा, धादिङ, भोजपुर र कैलाली जिल्लामा आज भएका सडक दुर्घटना, सुनसरीमा करेन्ट लागेर तथा प्यूठानमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारास्थित रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल र तीन वर्षीया छोरी चन्द्रकलाको तथा इटहरी उपमहानगरपालिका–५ शान्ति चोकमा डिसहोमको तार जोड्ने क्रममा ललितपुरको महाकाल गाउँपालिका–४ का २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी टीकापुर नगरपालिका–१ सन्त निरङ्कारी चोकमा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया पद्मा साउद तथा भोजपुरको हतुवागडी गाउँपालिका–२ लुङ्गिनस्थित सडकमा ट्याक्टर पल्टिदा त्यसका सहचालक २० वर्षीय नवीन राईको घटनास्थलमै मृत्यु भएको छ ।

धादिङको खनियाबाँस गाउँपालिका–२ डुन्डुरेमा सडकबाट खस्दा रुविभ्याली गाउँपालिका–५ लापा बस्ने १४ वर्षीय अनिल तामाङको पनि घटनास्थलमै मृत्यु भएको तथा वीरगञ्ज महानगरपालिका–३१ न्यकाटोलमा ट्र्याक्टरको ठक्करबाट सात वर्षीय शेख साहिदको ज्यान गएको जनाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १० : २४ बजे

उपाधि जित्न हैदरावादले कोलकातालाई दियो ११४ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा अहिले

शैक्षिक अवस्था सुधारका लागि अभिमुखीकरण कार्यक्रम

सुन्दरहरैचा – मोरङमा शैक्षिक अवस्था सुधारका लागि सञ्चालन गरिएको अभिमुखीकरण

‘खुस्मा’को छायांकन सम्पन्न

काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको

नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत

काठमाडौं – नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको

फिल्म ‘लण्डन टू पेरिस’ को ट्रेलर सार्बजनिक

काठमाडौं । यही जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको