कला, संस्कृति र पुरातत्त्वमा नेपाली सभ्यता अनुपम : प्रदेश प्रमुख अहिराज « Khabarhub

कला, संस्कृति र पुरातत्त्वमा नेपाली सभ्यता अनुपम : प्रदेश प्रमुख अहिराज


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सप्ताहव्यापी देशदर्शन अभियानमा रहेका प्रदेश २ प्रमुख डा. राजेश अहिराजले मनाङ जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् ।

उनले भ्रमणकै क्रममा मनाङ जिल्लाको ऐतिहासिक ‘भ्राका गुम्बा’ लगायत पर्यटकीय क्षेत्रको अवलोकन गरेका हुन् ।

उक्त गुम्बाको अवलोकन पश्चान प्रदेश प्रमुख अहिराजले कला, संस्कृति र पुरातत्त्वमा नेपाली सभ्यता अनुपम रहेको बताए।

भ्रमणकै क्रममा उनले अपर मनाङ गाउँपालिका वडा नं.६ का अध्यक्ष सोनामङ गुरुङसँग आन्तरिक पर्यटनको विकास तथा प्रवर्द्धनका विषयमा समेत छलफल गरेका छन् ।

प्रदेश २ प्रमुख अहिराज मनाङ पुग्दा वडा अध्यक्ष गुरुङले स्वागत गरेका थिए । उनले प्रदेश २ बाट मनाङमा धेरै पर्यटक आउने अपेक्षा समेत राखे ।

‘तपाइँका अन्तर्वार्ता पटक-पटक हेरेको, देशभक्तिपूर्ण कुराहरु सुन्दै आएको थिएँ, आज प्रत्यक्ष मनाङमै भेट्न पाउँदा हामी सबै आनन्दित भएका छौँ,’ वडा अध्यक्ष गुरुङले भने ।

प्रदेश प्रमुख अहिराज मनाङ हुँदै मुस्ताङ, गोर्खा, लम्जुङ, रसुवा, गोर्खा, नुवाकोट घुम्ने योजना रहेको उनका सहयोगी हरि शंकर महतोले जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ९ : २४ बजे

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा

आज विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ– विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका

सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा

काठमाडौँ – सुनसरी र उदयपुरको सिमानामा पर्ने बराहक्षेत्र तथा बेलका