कटरीनालाई चुम्बन गर्न गुलसनको दुई घण्टा अभ्यास « Khabarhub

कटरीनालाई चुम्बन गर्न गुलसनको दुई घण्टा अभ्यास


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्री कटरीना कैफ बलिउडकी व्यस्त अभिनेत्री हुन् । उनले सलमान खानदेखि लिएर आमिर खान, शाहरुख खान र अक्षय कुमारसम्म अनस्क्रिन रोमान्स गरेकी छन् ।

सन् २००३ बाट बलिउडमा डेब्यू गरेकी कटरीना डेब्यू फिल्मबाटै विवाद र चर्चामा आइन् । नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार डेब्यू फिल्म ‘बुम’मा बलिउडका ‘ब्याडमेन’का रुपमा परिचित गुलसन ग्रोवरसँग अन्तरंग दृश्य दिएपछि कटरीनाको चर्चा भएको थियो ।

यो फिल्ममा एक लामो चुम्बन दृश्य पनि थियो । गुलसनका अनुसार उनी यो दृश्य दिन आफैं तनावमा थिए र कटरीनालाई चुम्बन गर्नकै लागि बन्द कोठामा दुई घण्टा अभ्यास गरेका थिए ।

कैजाद गुस्तादले निर्देशन गरेको फिल्ममा कटरीनाले एक मोडलको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा अमिताभ बच्चन, ज्याकी श्राफ र जीनत अमानको पनि अभिनय थियो ।

तत्कालिन समयमा यो फिल्ममा राखिएको बोल्ड दृश्यका कारण फिल्मको निकै आलोचना भएको थियो । बक्सअफिसमा फिल्म फ्लप भए पनि गुलसन र कटरीनाको चुम्बन दृश्य चर्चित बनेको थियो । आजको दिनसम्म युट्युबमा यो चुम्बन दृश्यलाई करोडौं पटक हेरिएको छ ।

गुलसनलाई निर्देशकले जब दृश्यको कथावाचन गरे, त्यसपछि उनी नर्भस भएका थिए । यो दृश्यको फाइनल टेक भन्दा अघि उनले करिब दुई घण्टासम्म बन्द कोठामा अभ्यास गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ५ : १० बजे

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका

पहिरोले पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी

दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार