मेयर कपको उपाधि एपीएफलाई « Khabarhub

मेयर कपको उपाधि एपीएफलाई


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर महिला टी-२० च्याम्पियन्सको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य एपीएफले १६.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ज्योति पाण्डेले ३६, कप्तान सीता रानामगरले २७, इन्दु रानाले अविजित २६ र ममता चौधरीले नटआउट १५ रन बनाइन् ।

पाण्डे र रानामगरले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरिन् । ज्योति र सीता दुवै रनआउट भएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । उसका लागि विन्दु रावलले उत्कृष्ट ब्याटिङ गरिन् ।

उनले ५४ बलमा चार चौकासहित अविजित ४४ रन बनाइन् । त्यस्तै, डली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रनको योगदान दिइन् । बाँकी ब्याट्सवुमनले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा विनु बुढा, सीता रानामगर, सुष्मा श्रेष्ठ, करुणा भण्डारी र रेखा रावलले एक–एक विकेट लिए । प्रतियोगिताको विजेताले टोली एपीएफले ३ लाख नगद पुरस्कार पाएको छ । उपविजेता सुदूरपश्चिमले भने एक लाख ५० हजारमा चित्त बुझाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना