जापानी प्रधानमन्त्रीले भारत र फिलिपिन्सको भ्रमण गर्ने « Khabarhub

जापानी प्रधानमन्त्रीले भारत र फिलिपिन्सको भ्रमण गर्ने


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- जापानी प्रधानमन्त्री योशीहिदा सुगा यसै महिनाको अन्त्यमा भारत र फिलिपिन्सको भ्रमण गर्ने भएका छन् ।

दक्षिण र पूर्वी चीनको समुद्रमा चीनको बढ्दो विबादका बीच स्वतन्त्र र खुला इण्डो–प्रशान्त क्षेत्रलाई बढावा दिन उक्त भ्रमण हुन लागेको बताइएको छ ।

जापानी प्रधानमन्त्री सुगाको भारत र फिलिपिन्सको भ्रमण पूर्वनिर्धारित अमेरिका भ्रमणपछि हुने सम्भावना रहेको जापानी संचार संस्था एनएचकेले जनाएको छ ।

जापानले एशिया–प्रशान्त क्षेत्रीय देशहरूसँग सुरक्षा सहयोग अभिवृद्धि गर्न कोशिस गरिरहेक बेला हाल दक्षिण र पूर्वी चीनको समुद्रमा चीनसंगको विबाद बढीरहेको छ ।

हालै २०० भन्दा बढी चिनियाँ जहाजहरूले फिलिपिन्सले पनि दाबी गरिरहेको दक्षिण चीन सागरमा पठाएपछि चीनको सम्बन्ध फिलिपिन्ससंग पनि बिग्रेको छ ।

एसिया–प्रशान्त क्षेत्रको दक्षिण चीन र पूर्वी चीन समुद्री क्षेत्रहरूमा चीनसंग ब्रुनाई, जापान, मलेसिया, फिलिपिन्स, ताइवान, र भियतनामसंग पनि बिबाद छ । स्रोतः याहु न्यूज ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ३० बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार