पुनःनिर्मित भवनबाट प्रहरीको सेवा « Khabarhub

पुनःनिर्मित भवनबाट प्रहरीको सेवा


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा–पुनःनिर्माण गरिएको सीमा प्रहरीचौकी टिमुरेको नयाँ भवनबाट आफ्नो नियमित सेवा शुरु भएको छ ।

विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएको टिमुरे प्रहरीचौकी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा बनेको हो ।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार लामाले आइतबार उद्घाटन गरेपछि नयाँ कार्यालय भवनबाट सेवा शुरु भएको हो ।

पुनःनिर्माणअन्तर्गत कार्यालय एवं व्यारेकको साथै भान्छाघरसमेत निर्माण भएको छ । भूकम्प अगाडि ढुङ्गा माटोको कच्ची भवन रहेको स्थानमा अहिले भूकम्प प्रतिरोधको आरसिसी पक्की भवन निर्माण भएपछि सुरक्षा प्रदान कार्यमा अत्यन्तै सहज भएको प्रहरीले जनाएको छ ।

मूल्य अभिवृद्धि करसमेत रु दुई करोड ५१ लाख ७९ हजार लागतमा निर्माण सम्पन्न भएका ती भवन टिमुरे गाउँको बीच भागमा छ ।

पाँच हजार ७९ दशमलव २९ वर्गफिट क्षेत्रफल ओगटेको उक्त भवनमा कार्यालय, व्यारेक, भान्छा, थुनुवा कोठा, आकाशवाणी सञ्चालनको लागि सञ्चार कक्षसमेतका आवश्यक संरचना तयार भएको बताउँदै प्राविधिक इञ्जिनीयर प्रहरी निरीक्षक विमला श्रेष्ठले नवनिर्मित व्यारेक भवनमा छुट्टाछुट्टै खाटराखी ४८ जना सहजरूपले सुत्न सक्ने क्षमता भएको जानकारी दिए ।

नेपाल–चीनबीचको सीमाक्षेत्रमा रहेको उक्त प्रहरीचौकीले स्थानीय बासिन्दाको साथै सीमा क्षेत्रको सुरक्षामा महत्वपूर्ण योगदान दिँदै आएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्राधिकरणको अनुदान सहयोगअन्तर्गत रसुवाको बेत्रावती, स्याफ्रुबेँसी, कालिकास्थान, धुञ्चेसमेतका स्थानको प्रहरीचौकी निर्माण सम्पन्न भइसकेको छ ।

वाग्मती प्रदेश सरकारको अनुदान सहयोगअन्तर्गत हाकु, पारच्याङ, थुमन, लाङ्टाङ प्रहरीचौकी निर्माणाधीन अवस्थामा रहेको जिल्ला प्रहरी प्रमुख (डिएसपी) देवेन्द्र पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १२ : २५ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु