कोरोनाविरूद्ध ट्राफिक प्रहरीले थाल्यो ‘सचेतना अभियान’ « Khabarhub

कोरोनाविरूद्ध ट्राफिक प्रहरीले थाल्यो ‘सचेतना अभियान’


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको संक्रमण फैलन नदिन ट्राफिक प्रहरीले जनचेतनामुलक अभियान शुरू गरेको छ ।

दोस्रो लहरको संक्रमण बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस रोकथामका लागि जनचेतनामूलक अभियान शुरू गरेको हो ।

पुरानो बसपार्कबाट आज शुरू गरिएको उक्त अभियानको नारा ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’  रहेको छ ।

उक्त कार्यक्रममा बोल्दै ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड १९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान फलदायी हुने अपेक्षा गरे ।

कोभिड १९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकाले बेलैमा सुरक्षाका उपाए अपनाएर मात्र चलायमान गराउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्ने धारणा राखे ।

उनीहरूले सम्पूर्ण चालक, सहचालक तथा यात्रुहरूलाई अनिवार्य रूपमा मास्क लगाई भौतिक दूरी कायम गरेर मात्र सवारी साधनको प्रयोग गर्न आह्वानसमेत गरेका छन् ।

कार्यक्रममा यातायात व्यवसायीहरू, मजदुर संघ र युनियनका पदाधिकारीहरू, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानहरूले सवारी साधनहरूमा यात्रुले देखिने गरी सवारीको ढोका नजिक स्टिकर टाँसेर पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क वितरण गरेका थिए ।

कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउन महाशाखाले विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १२ : ५५ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु