सेफ सन्तोषको सम्मानमा सिंगै बोकाको मासुबाट ५२ परिकार « Khabarhub

सेफ सन्तोषको सम्मानमा सिंगै बोकाको मासुबाट ५२ परिकार


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बीबीसी माष्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सेफ सन्तोष साहको सम्मानमा पोखरामा एउटा सिँगै बोकाको मासुबाट ५२ परिकार तयार गरी स्वाद चखाइएको छ ।

कास्की जिल्लाको पोखरा नगरपालिका वडा नं १३ स्थित आरूवामा एउटा सिँगै बोकाको मासुको ५२ परिकार बनाइएको हो ।

ग्लोबल नेप्लिज सेफ फेडेरेसनका केन्द्रीय अध्यक्ष भान्से लक्ष्मण भण्डारीको नेतृत्वमा पोखरा पुगेका सेफहरू ग्लोबल नेप्लिज सेफ फेडेरेसनका केन्द्रीय महासचिव मोहन गजुरेल, कार्यालय सचिव सेफ विकास डंगोल, कार्यकारिणी सदस्य सेफ पशुपति पौडेल, सेफ फेडेरेसन पोखराका सचिव सेफ राजकुमार तामाङले बोकाको मासुको ५२ परिकार तयार गरिएका थिए ।

गुल्मी तथा नेपालको विभिन्न जिल्लामा जन्मिएर युके तथा युरोपेली मुलुकमा बसोबास गरिरहेका नेपालीहरूको साझा संस्था एभरेस्ट ईनका संस्थापक पशुपति भण्डारी समूहले सञ्चालन गरेको एभरेस्ट ईन कृषि फर्ममा बीबीसी माष्टर सेफका उपविजेता सेफ सन्तोष साहको स्वागतमा नेपाली स्वादमा बोकाको मासुको परिकार तयार गरिएको हो ।

बोकाको मासुको पक्कु, कसौंडी, एकपाक, च्याकु, कचिला, छोइला, सेकुवा, तावा, भुटन, खागो, पोख्रेली मृगौला, ला स्या दुम्वा, पोलेको, डामेको, सेकेको, झानेको, गिदी, कान, जिब्रो, टाउको, खुट्टी, फोक्सो भरेको, ह्याकुल्ला, रक्ति, तास लगायतका परिकारहरू तयार पारिएका थिए ।

सेफ सन्तोष साहले कृषि फर्ममा उपलब्ध स्रोत साधनबाट स्थानीय स्वादमा एउटै बोकाबाट धेरै परिकार तयार पारेकोमा सेफहरू तथा फर्म सञ्चालकलाई धन्यवाद व्यक्त गरे । उनले तयार गर्दे गरेको ‘कुक बुक’मा ती परिकारका रिसेपीहरू संलग्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

परिकारको स्वाद लिन नेपाल टुरिजम एण्ड म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी, होटल बराहीका महाप्रबन्धक राजकुमार केसीलगायतका व्यक्तिहरूले बोकाको मासुको विभिन्न परिकारको स्वाद लिएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ४ : ५५ बजे

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.