बिस्केट जात्रा अन्तर्गत आज बोलाछे टोलमा लिङ्गो ठड्याइयो « Khabarhub

बिस्केट जात्रा अन्तर्गत आज बोलाछे टोलमा लिङ्गो ठड्याइयो


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको चौथौं दिन मंगलबार भक्तपुरको बोलाछे टोलमा हात नभएको लिङ्गो ठड्याइएको छ ।

मंगलबार शुभसाईतमा लिङगो ठड्याइएको हो । संस्कृतिविद्का अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा ठड्याउने योसिँख्योको लिङ्गोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिङ्गो ठड्याउने प्रचलन सुरू भएको हो ।

हात नभएको लिङ्गो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिङ्गो ठड्याउनुको ठूलो महत्व रहेको संस्कृतिविद्को भनाइ छ ।

हात नभएको लिङ्गो बैशाख ५ गते ढाल्ने प्रचलन छ । लिङ्गो ठड्याइसकेपछि गहिटीमा रहेको भैलख खलाँ जुकेगु अर्थात भैरवको खटलाई योसींख्योमा लानको लागि बाटो मिलाएर राख्ने गरिन्छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ६ : ३२ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले