हिराको औठीले चर्चामा मलाइका « Khabarhub

हिराको औठीले चर्चामा मलाइका


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेत्री मलाइका अरोडा फिल्म उद्योगकी ती अभिनेत्रीमा पर्छिन्, जो आफ्नो फिटनेसलाई निकै ध्यान दिन्छिन् ।

उनी आफ्नो दैनिक समय तालिका जति व्यस्तपूर्ण भए पनि आफूलाई फिट बनाउन समय निकाल्छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । समयमा समयमा भिडियो तथा तस्वीर पोस्ट गर्नाले पनि मलाइकालाई सामाजिक सञ्जालमा निकै चासोका साथ हेर्ने गरिएको छ ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार मलाइका यसपटक पुनः चर्चामा आएकी छन् । उनले हालैमात्र हातमा लगाएको हिराको औठीकाे तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि त्यो औठी लगाउनुको रहस्यबारे खोजीनीति सुरु भएको छ ।

उनको औठी हेरेपछि धेरैले कतै उनले अर्जुन कपूरसँग इन्गेजमेन्ट त गरेको होइन भन्ने अनुमान पनि गरिएकाे छ । त्यहीकारण कैयौं फ्यानले उनलाई बधाई पनि दिएका छन् ।

इन्स्टाग्राममा उनले दुई तस्वीर पोस्ट गरेकी छन् । जसमध्ये एउटा तस्वीरमा उनी र अर्को तस्वीरमा उनको हातको हिराको औठी छ ।

सामाजिक सञ्जालमा कतिपयले अभिनेता अर्जुन कपुरसँग नाम जोड्दै बधाई दिन थालेका छन् । अर्जुनसँग मलाइकाको इन्गेजमेन्ट भएको हुनसक्ने भन्दै उज्जवल भविष्यको कामना गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  २ : ०५ बजे

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र