नयाँ वर्षको पहिलो दिन पशुपतिनाथमा पाँच लाखले गरे दर्शन | Khabarhub Khabarhub

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथमा पाँच लाखले गरे दर्शन


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ वर्ष २०७८ सालको पहिलो दिन आज पशुपतिनाथ मन्दिरलगायत देशभरका धार्मिक स्थलमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथ मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

बिहानैदेखि पशुपतिनाथमा दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिमा दर्शन गरेको उनले बताए ।

बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ । पशुपतिनाथमा आज नयाँ वर्षका अवसरमा १९७ जनाले रसिद काटेर विशेष पूजा गरेका छन् ।

दुई जना रसिद काटेर पनि पूजा गर्न नआएको कोषबाट पशुपतिनाथ मन्दिरभित्र खटिनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिए ।

एक जनाले रु ५६ हजार, चार जनाले रु ११ हजार, अन्य भक्तजनले रु पाँच हजार १००, रु दुई हजार १०० को रसिद काटेर पूजा गरेको कोषले जनाएको छ ।

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको छ ।

कोरोना महामारीका कारण गत वर्ष यी सबै मेला स्थगित गरिएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ६ : २६ बजे

अर्थमन्त्री पौडेल भन्छन्- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउँछौँ

भैरहवा– अर्थमन्त्री विष्णु पौडेलले रुपन्देही सम्भावनै सम्भावना भएको जिल्ला भएकोले

अटोको ठक्करबाट हेटौँडामा एक वृद्धको मृत्यु

मकवानपुर– हेटौडामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

कर्णाली याक्सको मुख्य प्रायोजक महिन्द्रा-अग्नि ग्रुप

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्सले मुख्य प्रायोजकमा

आजको कार्टुन : मौनअवधिमा भोट माग्ने तरिका !

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन प्रस्तुत गरेका छौँ ।

पहिचानवादी र पाथीभरामा केवलकारविरुद्ध आन्दोलितसँग वार्ता गर्न समिति बनाइने

विराटनगर- ताप्लेजुङको पाथीभरा क्षेत्रमा थालिएको केवलकार निर्माणविरुद्ध आन्दोलनरत र कोशी