पहिचान नखुलेका शवको संख्या शून्यमा झार्न संसदीय समितिको निर्देशन « Khabarhub

पहिचान नखुलेका शवको संख्या शून्यमा झार्न संसदीय समितिको निर्देशन


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पहिचान नखुलेका शवको संख्या शून्यमा झार्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले पहिचान नखुलेका शवहरुको संख्या बढ्दै गएपनि यसको व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै पहिचान नखुलेका शवको संख्या शून्यमा झार्नेगरि काम गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले कम्तीमा पनि २० वर्ष बेवारिसे शवको अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ । बेवारिसे शवहरूको व्यवस्थापन सम्बन्धी छुट्टै निर्देशिका भएपनि सो अनुसार काम नभएको भन्दै ती कामलाई एकीकृत गर्न समेत निर्देशन दिइएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिइन् ।

त्यस्तै, समितिले सबै बेवारिसे शवहरूसम्बन्धी जानकारी दिनका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याउन निर्देशन दिएको छ भने डीएनए नमूना संकलन भएको यकिन गरेपछि मात्र बेवारिसे शव व्यवस्थापन गर्न समेत निर्देशन दिइएको सभापति श्रेष्ठले बताइन् ।

बैठकमा कारागार सम्बन्धी कानूनलाई संशोधन एवं एकीकरण गर्न बनेको बिधेयक र बेवारिसे शवको पहिचान एवं व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो । छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापा बादलले राजबन्दीका बिषयमा राजनीतिक रुपमा छलफल गरेर आवश्यक कानून तर्जुमा गर्नुपर्ने धारणा राखे । उनले राजबन्दीका बिषयमा कानूनी परिभाषा नभएकाले यसलाई आगामी दिन परिभाषामा ल्याउन पहल गर्ने आश्वासन दिए ।

त्यसअघि बैठकमा एमालेका सांसद झपट रावलले आफू बस्‍ने घरमा भएको ढुंगा प्रहार भएको जानकारी गराएका थिए । उनले आफूले सुरक्षाका लागि १०० र कोटेश्वर प्रहरी कार्यालयमा पनि फोन गर्दा पनि नउठेको बताए । पछि हनुमान ढोका प्रहरीलाई फोन गर्दा झन्डै ४५ मिनेटपछि मात्रै प्रहरी आइपुगेको उनले बताए ।

रावलले सुरक्षा निकाय परिचालन गर्ने कुरामा सुधार गर्नुपर्ने बताए । त्यस्तै उनले यसबारे छानविन गर्न गृहमन्त्री र गृहसचिवको ध्यानाकर्षणसमेत गराए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ६ : ४६ बजे

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक