यूकेएडको साझेदारीमा भएका कामको बेलायती राजदूतद्वारा प्रशंसा « Khabarhub

यूकेएडको साझेदारीमा भएका कामको बेलायती राजदूतद्वारा प्रशंसा


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि बेलायती राजदूत निकोला पोलिट्ले नेपाल धागो उत्पादक संघ र यूकेएड सीपको साझेदारीमार्फत भएका कामको प्रशंसा गरेकी छिन् ।

राजदूत पोलिट्ले युके एडको सहयोगमा समावेशी रोजगारी सिर्जना तथा उद्योगको रुपान्तरणबारे जानकारी लिँदै प्राप्त उपलब्धिको प्रशंसा गरेकी हुन् ।

रोजगारीका लागि सीप कार्यक्रमले श्रमिकहरुको जीवनस्तरमा पारेको सकारात्मक प्रभावले खुशी तुल्याएको उनले बताइन् ।

राजदूत पोलिट्ले भनिन्, “उद्योगहरूमा रहेको श्रमशक्ति तथा उत्पादकत्वमा रहेका खाडलहरुलाई रणनीतिक रूपमा पूर्ति गर्न हाम्रा संयुक्त पहलहरू सफल भएकोमा हामी गौरवान्वित छौँ ।”

नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यान र राजदूत पोलिटबीचधागो उद्योगको रूपान्तरण तथा दिगो रोजगारी सिर्जनाको लागि लिनुपर्ने विषयमा पनि विचार विमर्श भएको छ ।

नोभेम्बर २०१९ देखि सुरु भएको सीपको बहु कारखाना साझेदारीले ४,००० व्यक्तिहरुलाई रोजगारसँग सम्बन्धित गुणस्तरीय सीप विकास तथा रोजगारीको अवसर प्रदान गरेको छ ।

उक्त साझेदारीले त्रिवेणी स्पिनिङ मिल, जगदम्बा स्पिनिङ मिल, रिलाएन्स स्पिनिङ मिल, ट्राईकोट इन्डष्ट्री तथा जय स्पिनिङ मिलका कारखानाको क्षमतामा सुधार ल्याएको छ ।

कार्यक्रममा रामचन्द्र संघाई, विष्णु न्यौपाने, अभीक ज्योति, अक्षय गोल्यान तथा शक्ति गोल्यान जस्ता धागो उद्योगका प्रमुख उद्योगीहरु पनि सहभागी भएका थिए ।

कार्यक्रममा धागो उद्योगको नेतृत्वमा पाँचओटा पदहरुको लागि तयार भएको पाठ्यकम्रको समेत सुरुवात गरिएको छ । सुधार गरिएको र मानक बमोजिम बनाइएको पाठ्यक्रम कारखानाहरूको सुझाव र प्रतिक्रियामा सह विकास तथा परिष्कृत गरिएको जनाइएको छ ।

यस पाठ्यक्रमका अलावा प्रशिक्षकको क्षमता र पूर्वाधारमा भएको सुधार तथा कारखानामा हुने प्रक्रियालाई छरितो बनाउँदा उद्योगमा उत्पादकत्व तथा रोजगारी सिर्जना गर्नको लागि वातावरण बनाउने तथा त्यसलाई दिगो राख्ने काम सुनिश्चित गर्ने अपेक्षा लिइएको छ ।

कार्यक्रममा अध्यक्ष गोल्यानले भने, “सीप विकासका पहलहरूलाई कारखानाको वृद्धि हासिल गर्न सक्ने गतिविधिहरुसँगको सम्मिश्रण धागो उद्योगलाई रूपान्तरण गर्ने हाम्रो संयुक्त प्रयासको एक अभिन्न अंग हो । उक्त रूपान्तरण हासिल गर्नको लागि आधुनिकीकरण तथा विस्तार, सुधारिएको गुणस्तर तथा प्रतिस्पर्धी मूल्य मार्फत नयाँ भौगोलिक क्षेत्रहरुमा निर्यातलाई विविधीकरण, संस्थागत क्षमतामा सुधार गरी गरिनेछ ।”

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ७ : ०० बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३