एमसीसी सम्झौता अघि बढाउन प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

एमसीसी सम्झौता अघि बढाउन प्रधानमन्त्रीको निर्देशन


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ ।

सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो दिएका हुन्।

प्रधानमन्त्री ओलीले कार्यव्यवस्था परामर्श समितिमा सरकार प्रतिनिधि कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई कार्यसूचीमा अगाडि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनअनुसार कार्यसूचीबारे सभामुखसँग परामर्श गर्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

पछिल्ला केही दिनयता प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा (एमाले)का सांसद खगराज अधिकारीले समेत एमसीसी अगाडि नबढाइएको भन्दै असन्तुष्टि जनाएका थिए । सार्वजनिक मञ्चमा प्रधानमन्त्री तथा सदनमा परराष्ट्रमन्त्री तथा सांसदहरूले उक्त विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् ।

मन्त्री श्रेष्ठले कार्यसूचीबारे सभामुखसँग परामर्श गर्न आफूलाई प्रधानमन्त्रीको निर्देशन प्राप्त रहेको जानकारी दिए । बिहीबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकपछि बाहिरिने क्रममा मन्त्री श्रेष्ठले भने, “प्रधानमन्त्रीले अगाडि बढाउने विषय चासो राख्नुभएको छ । उहाँले अगाडि बढाउन भन्नुभएको छ । प्रधानमन्त्रीको निर्देशनबमोजिम म सभामुखसँग कुरा गर्नेछु ।’’

संसद्को बिजनेस तय गर्ने कार्यव्यवस्था परामर्श समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य हुने व्यवस्था छ । सरकारका तर्फबाट हुने बिजनेसको प्राथमिकता कानुन मन्त्रीसँगको परामर्शमा अगाडि बढ्ने संसदीय परम्परा छ । आजकोगोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ५६ बजे

झापा इनर्जीको आईपीओ दिन अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ