बालबालिका ‘युके भेरियन्ट’को जोखिममा : तीन दिनमा १९ वर्ष मुनिका १७० संक्रमित थपिए « Khabarhub

बालबालिका ‘युके भेरियन्ट’को जोखिममा : तीन दिनमा १९ वर्ष मुनिका १७० संक्रमित थपिए


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दो दरमा देखिएको छ । अहिले युवा तथा बालबालिकाहरुमा युके भेरियन्ट संक्रमणको जोखिम बढेको जनाइएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो तीन दिन अर्थात विहीबारसम्म १९ वर्ष मुनिका १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विहीबार ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा १९ वर्ष मुनिको उमेर समूहका ५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । जसमा १० देखि १९ वर्ष उमेर समूहका ४० र ९ वर्षसम्मको उमेर समूहका १२ जना छन् ।

बुधबार ६०३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १९ वर्ष मुनिको उमेर समूहका ७० जनामा कोरोना पुष्टि भएको थियो ।

यसैगरी मंगलबार ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा १९ वर्ष मुनिका उमेर समूहका ४८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयलेको तथ्यांकमा उल्लेख छ ।

यस्तो छ उमेर समूह अनुसार मंगलबार, बुधबार र विहीबारको तथ्यांक 

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म १० वर्ष उमेर समूहका बालबालिकामध्ये ६ हजार ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी ११ देखि २० वर्ष उमेर समूहका १ लाख ८ हजार ४०८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ०६ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व