कोरोना संक्रमणबाट कतारमा एकै दिन ९ जनाको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट कतारमा एकै दिन ९ जनाको मृत्यु


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा कोरोना संक्रमणबाट एकै दिन ९ जनाको मृत्यु भएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार ४१, ४२, ५६, ५८, ५३, ६८, ६९, ७९ र ८५ बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ ।

यहाँ पछिल्लो २४ घण्टा ९८९ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ भने ५९७ जनालाई निको भएको मन्त्रालयले जनाएको छ । कतारमा कोरोना संक्रमितको संख्या १ लाख ९३ हजार ९५२ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ७१ हजार ९८५ रहेको मन्त्रालयले जनाएको छ।

कतारमा अहिले २१ हजार ६१० वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये ४८९ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।

यो समाचार तयार पार्दासम्म ११ लाख ८३ हजार २९१ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट कतारमा २१ नेपाली श्रमिकले ज्यान गुमाईसकेका छन् ।

१३४ जनालाई कारबाही

कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने १३४ जनालाई कारबाही गरिएको जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार १०६ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ४ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा, १८ जनालाई सामाजिक दूरी कायम नगरेकोमा र बाँकी ६ जनालाई बन्द ठाउँमा भेला हुने प्रतिबन्धको निर्णय उल्लंघन गरेकोमा कारबाही गरिएको जनाएको छ ।

भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ । नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : १० बजे

च्यालेन्ज ट्रफीमा नेपालको खराब सुरुवात, अमेरिकासँग ४४ रनले पराजित

काठमाडौं – पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

रास्वपा सभापति लामिछानेले बोलाए सचिवालय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी

होर्मुज जलमार्गमा भारतीय जहाजमाथि ‘फायरिङ’

काठमाडौं – होर्मुज जलडमरूमा शनिबार दिउँसो दुई भारतीय व्यापारी जहाजमाथि

मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडौं – नेपाली सेनाको मध्य पूर्वी पृतनाअन्तर्गत हिमाली र पहाडी