वर्षभरिमा ११६ को मृत्यु, ६१२ घाइते « Khabarhub

वर्षभरिमा ११६ को मृत्यु, ६१२ घाइते


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

दुर्घटनामा परी ६१२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घाइतेमध्ये २८१ गम्भीर र ३३१ सामान्य रहेका छन् ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार गत वर्ष चैतमा दुर्घटनाबाट मानवीय क्षति सबैभन्दा बढी भएको छ । सो महिनामा भएका ३९ दुर्घटनामा २६ को ज्यान गएको छ । सबैभन्दा कम वैशाख र जेठमा ७ र १४ वटा दुर्घटनामा परी दुई÷दुई जनाको ज्यान गएको तथ्याङ्क छ । ती दुर्घटनामा ५७३ सवारी साधन परेको उनले जानकारी दिए ।

सवारी दुर्घटनामा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल छन् । दुई सय ८६ मोटरसाइकल दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

विसं २०७६ को चैतसम्म जिल्लामा भएका ३१६ दुर्घटनामा परी १२३ को ज्यान गएको थियो । त्यस वर्ष मङ्सिरमा सबैभन्दा धेरै १९ को ज्यान गएको थियो । सबैभन्दा कम चैत महिनामा तीनको मृत्यु भएको कार्यालयले जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि दुर्घटना र मृत्युदर घटाउन कठिन भएको भट्टको भनाइ छ । साँघुरो बाटो र सवारीको चाप बढी भएका कारण दुर्घटना बढी हुने गरेको उनले बताए । दुर्घटना बढी सङ्ख्यामा पूर्वपश्चिम लोकमार्गमा भएको तथ्याङ्कले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : ४५ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र