राष्ट्रिय हित विपरीतका काम नेपाली जनतालाई स्वीकार्य छैन : प्रचण्ड « Khabarhub

राष्ट्रिय हित विपरीतका काम नेपाली जनतालाई स्वीकार्य छैन : प्रचण्ड


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुख नै राष्ट्रिय हित विपरीतका काममा लागेको खबर आउनु दुखद भएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा बागमती प्रदेश स्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्दै प्रचण्डले देशलाई बन्दकी राख्ने राष्ट्रिय हित विपरीतका काममा सरकारको नेतृत्व गर्ने प्रमुखनै लागेको खबरहरु सार्वजनिक भईरहेको भन्दै यसले नेपाल र नेपाली जनताको आत्मसम्माननमा प्रश्न खडा गर्ने दुस्साहस भएको बताए ।

राष्ट्रिय हित विपरीतका काम नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै उनले जति सुकै गरेपनि जित सत्य र न्यायको जित हुने बताए ।

प्रचण्डले अहिले पनि केही मानिसहरुमा संघीयता खारेज गर्ने, स्थानीय तहको अधिकार केन्द्रमा सीमित गर्ने, समावेशी र समानुपातिकता उल्ट्याउन खोज्ने प्रबृत्ति परेको बताए ।

अध्यक्ष प्रचण्डले जित अन्ततः जनताकै हुने भन्दै देशलाई पछि फर्काउने सपना नदेख्न चुनौती दिए । इतिहासको चक्कालाई पछाडी फर्काउन खोज्ने पश्चगामी र अग्रगमनकारी शक्तिका बीच संघर्ष भईरहेको बताउदै अध्यक्ष प्रचण्डले अग्रगमनका पक्षमा लाग्न खेलाडीलाई समेत आव्हान गरे ।

खेलकुदको विकासका लागि नेपाल उपयुक्त भुगोल र वातावरण भएको देश भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको विकासका लागि नेपाल अनुकुल ठाउँ रहेको बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : ३७ बजे

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ

हिमपातले किसान खुसी, जनजीवन भने कष्टकर

मनाङ– हिमाली जिल्ला मनाङमा हिमपात हुने महिना हो पुस र