कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत « Khabarhub

कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका उनले प्रदेश सभामा बोल्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

नेपालको संविधानको धारा १८८ (२) बमोजिम प्रदेश सभाको विश्वास छ भनी विश्वास लिनको लागि वक्तव्यसहित प्रस्ताव प्रस्तुत गर्न मुख्यमन्त्री शाहीलाई सभामुखले अनुमति दिएका थिए ।

‘कर्णालीका साझा मुद्दा छन्। सबै मिलेर छलफल गरौंला,’ उनले भने, ‘सबै माननीय सदस्यहरूले मलाई एकपटक मतदान गर्नु हुनेछ भन्ने विश्वास छ ।’

उनले आफ्नो वक्तव्य प्रस्तुत गर्नेक्रममा कर्णालीको समृद्धि र विकासका लागि एकपटक फेरि साझा प्रतिवद्धता गर्नु जरूरी रहेको औंल्याए ।

‘हामीले एकताको सन्देश देशलाई दिनका लागि पनि अविश्वासको प्रस्तावलाई विश्वासको मतका रूपमा परिणत गर्नुहुने छ भन्ने मलाई अपेक्षा छ,’ मुख्यमन्त्री शाहीले संसदमा भने ।

नेकपा एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि शाही अल्पमतमा परेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : ०१ बजे

बालेनको ‘जय महाकाली’ : ६ वर्षअघिको फ्लप गीत रि–रेकर्ड गर्दा राख्यो कीर्तिमान

काठमाडौं – बालेन र्‍याप ब्याटलबाट चर्चामा आए पनि कतिपय गीत

सिंहदरबारमा प्रतिनिधि सभाका ६ दलको बैठक

काठमाडौं- सरकारले संसद् बैठक डाकेपछि गत फागुन २१ गतेको निर्वाचनबाट

दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज दुई वटा

किष्ट मेडिकल कलेजमा १५ औँ सफल कलेजो प्रत्यारोपण सफल 

काठमाडौं– किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो १५औँ कलेजो

अमेरिकाको ट्राभल एड्भाइजरी : नेपालमा यात्रा गर्न सकिन्छ तर उच्च सतर्कता अपनाउनू 

काठमाडौं– अमेरिकाले नेपालका लागि जारी गरेको ट्राभल एड्भाइजरी घटाउँदै तह