कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत | Khabarhub Khabarhub

कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका उनले प्रदेश सभामा बोल्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

नेपालको संविधानको धारा १८८ (२) बमोजिम प्रदेश सभाको विश्वास छ भनी विश्वास लिनको लागि वक्तव्यसहित प्रस्ताव प्रस्तुत गर्न मुख्यमन्त्री शाहीलाई सभामुखले अनुमति दिएका थिए ।

‘कर्णालीका साझा मुद्दा छन्। सबै मिलेर छलफल गरौंला,’ उनले भने, ‘सबै माननीय सदस्यहरूले मलाई एकपटक मतदान गर्नु हुनेछ भन्ने विश्वास छ ।’

उनले आफ्नो वक्तव्य प्रस्तुत गर्नेक्रममा कर्णालीको समृद्धि र विकासका लागि एकपटक फेरि साझा प्रतिवद्धता गर्नु जरूरी रहेको औंल्याए ।

‘हामीले एकताको सन्देश देशलाई दिनका लागि पनि अविश्वासको प्रस्तावलाई विश्वासको मतका रूपमा परिणत गर्नुहुने छ भन्ने मलाई अपेक्षा छ,’ मुख्यमन्त्री शाहीले संसदमा भने ।

नेकपा एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि शाही अल्पमतमा परेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : ०१ बजे

धूमपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२

भोकमरी, सेल्टरमा इजरायली आक्रमण र अनियन्त्रित राहत वितरण

एकातर्फ इजरायली नरसंहार, अर्कोतर्फ हमासको एकोहरो रटान। यसका बिच अहिले

ट्रम्पले बढाए स्टिलको आयात कर

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयात हुने स्टिलमा लगाइने

आज विश्व धूमपानरहित दिवस मनाइँदै

काठमाडौं– आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस विभिन्न कार्यक्रम