चेम्बरको मानार्थ उपाध्यक्षमा गोल्छा मनोनित « Khabarhub

चेम्बरको मानार्थ उपाध्यक्षमा गोल्छा मनोनित


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधानबमोजिम मनोनित गरेको हो । गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरे ।

चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित गरेर सम्मान गरेको गोल्छाले बताए । २००५ साल साउन १५ गते जन्मिनुभएका लोकमान्य गोल्छा प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष थिए ।

हाल उनका हंशराज हुलासचन्द एण्ड को., हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा छन् । गोल्छा २०२८ सालमा नेपाल चेम्बर अफ कमर्समा आबद्ध थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ०१ बजे

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ