ओलीको गृह जिल्ला झापामा एमाले नेपाल-खनाल पक्षको समानान्तर कमिटी गठन « Khabarhub

ओलीको गृह जिल्ला झापामा एमाले नेपाल-खनाल पक्षको समानान्तर कमिटी गठन


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– समानान्तर संगठन विस्तार गरिरहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको छ ।

शुक्रबार झापाको विर्तामोडमा आयोजित कार्यकर्ता भेलामा मालेकालदेखिका पुराना बामपन्थी नेता बेदराज रेग्मीको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरिएको हो ।

३५१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा भद्रपुर नगरपालिका उपप्रमुख रहेकी चन्द्रा श्रेष्ठ, सचिव निलमणि बराल, उपसचिव मणि भण्डारी लगायत रहेको नवघोषित जिल्ला कमिटी सदस्य केशव दाहालले जानकारी दिए ।

जिल्ला कमिटी घोषणा कार्यक्रममा वरिष्ठ नेता नेपालले ओलीको हठ र निरङ्कुश कार्यशैलीकै कारण नेपालमा कम्युनिस्ट संकटमा परेको आरोप लगाए ।

ओलीको व्यक्तिगत आकांक्षाले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुगेको भन्दै उनले गलत प्रवृत्ति को भण्डाफोर गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।

यस्तै पार्टीका उपमहासचिव घनश्याम भुषाले ओलीको राष्ट्रवाद नक्कली सावित भई सकेको टिप्पणी गरे । कार्यक्रममा पार्टीका नेताहरु भीम आचार्य, घनेन्द्र बस्नेत, नरेश खरेल, रविन कोईराला लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ०१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना