आजको मौसम : यी हुन् आज असिनासहित वर्षा हुन सक्ने स्थान « Khabarhub

आजको मौसम : यी हुन् आज असिनासहित वर्षा हुन सक्ने स्थान


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि  देशका पहाडी तथा केही तराईका भू-भागमा वर्षाको सम्भावना रहेको छ ।

हाल देशको सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली तथा अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति पहाडी भू-भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेकी तीन दिनको पूर्वानुमान वुलेटिनमा सोमबारसम्म नै पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

बैशाख ४ गते (शनिबार)

दिउँसो:  देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ ।   देशका पहाडी भू-भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशको पहाडी भू-भागका एक वा दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

बैशाख ५ गते (आइतबार)

दिउँसो:  देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा  मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक वा दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

बैशाख ६ गते (सोमबार)

दिउँसो:   देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै