पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो « Khabarhub

पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ ।

मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन् ।

लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन् । पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भएपछि किसान खुशी भएका हुन् ।

लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा मकै गोड्न सजिलो हुने बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।

पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागीसमेत नियन्त्रणमा आएको छ । यस वर्ष गत एक महिनाको अवधिमा म्याग्दीको एक हजार ६०० हेक्टर जङ्गलमा आगलागी हुँदा वातावरण नै असहज बन्नुका साथै बस्तीसमेत खतरामा परेका थिए ।

वर्षाले आगलागी नियन्त्रणमा आएको स्थानीय बासिन्दाले बताएका छन् । असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको थिायो भने बर्खे खेती लगाउन पनि असर परेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : १० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको