बागलुङ नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने | Khabarhub Khabarhub

बागलुङ नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट- बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ ।

गत वर्षात्मा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पुर्‍याएका नगरपालिकाका ४५ घर परिवारलाई  नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका ४५ पहिरोपीडित परिवारलाई रु एक लाख ५० हजारका दरले घर बनाउन अनुदान रकम दिने निर्णय गरेको हो ।

जनताको नजिकको सरकारले पहिरोबाट विस्थापित भएकालाई घर बनाउन सहयोग पुर्‍याउने उद्देश्यले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर आर्थिक अनुदान उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

“ घर बनाउन नगरपालिकाको तर्फबाट दुई किस्ता गरेर रु एक लाख ५० हजार उपलब्ध गराइनेछ”, नगरप्रमुख पौडेलले भने ।

बागलुङलाई विपद् जिल्लाको रुपमा सरकारले घोषणा गरेर बाढीपहिरो पीडितलाई घर बनाउन सङ्घीय सरकारले रु चार लाख, गण्डकी प्रदेश सरकारले रु एक लाख दिने निर्णय गरेको छ ।  त्यसमा नगरपालिकाले एक लाख ५० हजार थप गर्ने निर्णय गरेको हो ।

घर बनाउने सूचीमा परेका पीडितले घर निर्माणको पहिलो चरण पूरा गर्नासाथ रु ७५ हजार पहिलो किस्ताबापत उपलब्ध गराउने नगरपालिकाका इञ्जिनीयर गौरव शर्माले जानकारी दिए ।

“घर बनाउँदा पहिरोपीडितले भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने प्रावधान छ, तीन ढाँचामा नगरपालिकाले नक्सा बनाएको छ”, इञ्जिनीयर शर्माले भने, “एक लाख ५० हजारले सबै घर बन्दैन, पीडितलाई अनुदानका रुपमा उपलब्ध गराउन थालिएको हो, प्रदेश र सङ्घीय सरकारले समेत घर बनाउन रकम दिने भएपछि पीडितले राम्रो भूकम्प प्रतिरोधी घर बनाउन सक्नेछन् ।”

सङ्घीय सरकार र प्रदेश सरकारले पीडितको घर बनाउन दिने भनेको रकम केही ढिला भएका कारण नगरपालिकाले पीडितको घाउँमा मलम लगाउन भए पनि अनुदान दिने निर्णय गरेको छ ।

उक्त घर सङ्घीय सरकार र प्रदेश सरकारले अनुदान दिने लाभग्राहीको सूचीमा समेत छन् । सरकारले बागलुङलाई विपद्ग्रस्त क्षेत्रका रुपमा समेटेर बागलुङका ५९० घर पुनःनिर्माण गर्नुपर्ने तथ्याङ्क सङ्कलन गरेको थियो ।

बाढीपहिरो पीडितको घर निर्माणका लागि बागलुङ जिल्लामा सरकारले कार्यालय स्थापना गर्ने तयारीसमेत थालेको छ । भदौ १७ गते राति ढोरपाटनको भुजीखोला थुनिएर आएको बाढीले झण्डै १०० भन्दा बढी घर बगाएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १० : ५० बजे

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत