बागलुङ नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने « Khabarhub

बागलुङ नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट- बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ ।

गत वर्षात्मा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पुर्‍याएका नगरपालिकाका ४५ घर परिवारलाई  नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका ४५ पहिरोपीडित परिवारलाई रु एक लाख ५० हजारका दरले घर बनाउन अनुदान रकम दिने निर्णय गरेको हो ।

जनताको नजिकको सरकारले पहिरोबाट विस्थापित भएकालाई घर बनाउन सहयोग पुर्‍याउने उद्देश्यले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर आर्थिक अनुदान उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

“ घर बनाउन नगरपालिकाको तर्फबाट दुई किस्ता गरेर रु एक लाख ५० हजार उपलब्ध गराइनेछ”, नगरप्रमुख पौडेलले भने ।

बागलुङलाई विपद् जिल्लाको रुपमा सरकारले घोषणा गरेर बाढीपहिरो पीडितलाई घर बनाउन सङ्घीय सरकारले रु चार लाख, गण्डकी प्रदेश सरकारले रु एक लाख दिने निर्णय गरेको छ ।  त्यसमा नगरपालिकाले एक लाख ५० हजार थप गर्ने निर्णय गरेको हो ।

घर बनाउने सूचीमा परेका पीडितले घर निर्माणको पहिलो चरण पूरा गर्नासाथ रु ७५ हजार पहिलो किस्ताबापत उपलब्ध गराउने नगरपालिकाका इञ्जिनीयर गौरव शर्माले जानकारी दिए ।

“घर बनाउँदा पहिरोपीडितले भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने प्रावधान छ, तीन ढाँचामा नगरपालिकाले नक्सा बनाएको छ”, इञ्जिनीयर शर्माले भने, “एक लाख ५० हजारले सबै घर बन्दैन, पीडितलाई अनुदानका रुपमा उपलब्ध गराउन थालिएको हो, प्रदेश र सङ्घीय सरकारले समेत घर बनाउन रकम दिने भएपछि पीडितले राम्रो भूकम्प प्रतिरोधी घर बनाउन सक्नेछन् ।”

सङ्घीय सरकार र प्रदेश सरकारले पीडितको घर बनाउन दिने भनेको रकम केही ढिला भएका कारण नगरपालिकाले पीडितको घाउँमा मलम लगाउन भए पनि अनुदान दिने निर्णय गरेको छ ।

उक्त घर सङ्घीय सरकार र प्रदेश सरकारले अनुदान दिने लाभग्राहीको सूचीमा समेत छन् । सरकारले बागलुङलाई विपद्ग्रस्त क्षेत्रका रुपमा समेटेर बागलुङका ५९० घर पुनःनिर्माण गर्नुपर्ने तथ्याङ्क सङ्कलन गरेको थियो ।

बाढीपहिरो पीडितको घर निर्माणका लागि बागलुङ जिल्लामा सरकारले कार्यालय स्थापना गर्ने तयारीसमेत थालेको छ । भदौ १७ गते राति ढोरपाटनको भुजीखोला थुनिएर आएको बाढीले झण्डै १०० भन्दा बढी घर बगाएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १० : ५० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार