बालुवाटारमा शुरू भयो सर्वदलीय बैठक « Khabarhub

बालुवाटारमा शुरू भयो सर्वदलीय बैठक


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको छ।

माओवादी केन्द्र र नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बैठक बहिष्कार गरेका छन्।

कोभिड-१९ संक्रमणका बारेमा एक मत बनाउन भन्दै ओलीले बैठक बोलाएका हुन्। बैठकमा भाग लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष दलका शीर्ष नेताहरु बालुवाटार आइपुगिसकेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री ओलीले ओलीले कोरोना भाइरस संक्रमणको महामारी साझा समस्याका रूपमा देखिएकाले एकजुट भएर लड्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि बैठकमा सहभागी नेताहरूसँग सुझाव समेत मागेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : ५३ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै