सर्वदलीय बैठक– कोरोना नियन्त्रण, एमसीसी र उपनिर्वाचनबारे छलफल « Khabarhub

सर्वदलीय बैठक– कोरोना नियन्त्रण, एमसीसी र उपनिर्वाचनबारे छलफल


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोरोना नियन्त्रणमा सरकारले चालेको कदम, उपनिर्वाचन तथा एमसीसीका बारेमा छलफल भएको छ ।

बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मुख्यतः तीन विषयमा आजको बैठकमा छलफल भएको बताए ।

उनले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका विषयमा सरकारले गरेको पहलका विषयमा छलफल भएको बताए । त्यस्तै विभिन्न स्थानमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने बारे पनि बैठकमा छलफल भएको मन्त्री ज्ञवालीले बताए । आजको बैठकमा प्रतिनिधि सभाको काम कारबाहीका बारेमा पनि कुराकानी भएको थियो ।

मन्त्री ज्ञवालीले कोभिड रोकथाममा सरकारले प्रभावकारी ढंगले काम गरोस् भन्ने कुरा दलका नेताहरूले राखेको बताउँदै खोपको सुनिश्चतता गर्न, आवश्यक परे विद्यालय पनि बन्द गर्न दलहरुले सुझाव दिएको बताए ।

उपनिर्वाचनका विषयमा नेपाली कांग्रेसले भदौमा महाधिवेशन गर्नुपर्ने भएकोले त्यसलाई मध्यनजर गर्दै कार्यतालिका बनाउन सुझाव दिएको उनले बताए । बैठकमा एमसीसीका विषयमा पनि छलफल भएको छ ।

बैठकमा कांग्रेसबाट कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए ।

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण सहभागी थिए ।

बैठकमा नेकपा माओवादी केन्द्रका नेता भने सहभागी भएन । नेमकिपाका प्रेम सुवाल र राप्रपाका प्रकाशचन्द्र लोहनीलगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  २ : ५५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना