तिङ्कर र छाङ्गरु जान भारतसँग गुहार | Khabarhub Khabarhub

तिङ्कर र छाङ्गरु जान भारतसँग गुहार


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला–आफ्नै भूमि भएर व्याससम्म सरर गाडीमा चढउँला, व्यासको आलु र स्याउ सदरमुकाम ल्याएर यहाँको नुन व्यासमा पुर्‍याउने सपना वर्षौंअघिदेखिको हो ।

पञ्चायतकालीन मन्त्री स्व बहादुरसिंह ऐतवालले आफ्नै भूमि भएर व्यासको छाङ्गरु तिङ्कर पुग्ने सपना देखेका थिए । उनले देखेको त्यो सपना घोरेटो बाटोसम्म मात्रै सीमित भयो । त्यो बेला गाडी मोटर नचले पनि नेपालकै भूमि भएर पैदल आवतजावत सहज थियो ।

भारतीय पर्यटक कैलाश मानसरोवर दर्शन गर्न नेपालकै घोरेटो बाटो भएर जाने गर्थे । यहाँका व्यापारी तिब्बतको सामान यही बाटोको सहायतामा विसं २०६० अघिसम्म ल्याउँथे ।

द्वन्द्वकालमा स्व ऐतवालले बनाएको त्यो सपनाको बाटो जीर्ण बन्दै गयो । बाटो मर्मत हुन सकेन् । ततपश्चात् चीनको सीमा जोड्ने गरी तिङ्कर सडक निर्माण गर्ने भन्दै आर्थिक वर्ष २०६४÷६५ देखि तिङ्कर सडक योजना शुरु भयो ।

बाह्र वर्ष बित्यो तिङ्कर सडक शुरु भएको । यतिका वर्षसम्म १३० किलोमिटर सडक निर्माण गरेर व्यासको तिङ्करसम्म गाडी मोटर चल्नुपर्ने हो तर गाडी मुस्किलले ४० किलोमिटरसम्म चल्दैछ ।

सडक निर्माणमै भएको ढिलाइले व्यासीले वर्षैपिच्छे आफ्नो गाउँ जान भारतीय भूमि प्रयोग गर्नुपर्छ । बेलाबेला बाटो प्रयोगका लागि अनुमति माग्न हारगुहार माग्नुपर्छ । व्यासीको भारतीय जनजातिसँग बिहेबारीको मित्रता भएका कारण सहज रुपमा भारतीय भूमि प्रयोग गर्न पाएका छन् ।

भारतको उच्च अहोदामा सौका समुदायका व्यक्ति पुगेका छन् । उनीहरुकै सहजीकरणले व्यासीले आफ्नो गाउँ जान भारतीय बाटोको सहजता मिलेको छ । व्यासीले वडामा निवेदन, वडाको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय दार्चुला र प्रशासनले भारतीय एसडिएम कार्यालयले स्वीकृत गरेपछि मात्रै उनीहरुको वैधानिक रुपमा भारतीय बाटोको प्रयोगका लागि अुनमति पाइन्छ ।

बेलाबेलामा भारतीय पक्षको हेपाहा प्रवृतिले पनि आफ्नै भूमि भएर जान बाटो घाटो छैन । नेपाल सरकारले आफ्नै भूमिको प्रयोग गर्ने गरी घोरेटो बाटो निर्माण गर्न भन्दै हरेक वर्ष करोडौँ बजेट खर्च गरे पनि बाटो कहिल्यै प्रयोगयोग्य हुँदैन ।

सबैभन्दा अप्ठ्यारो मानिएको घाँटिबगरमा गत वर्ष नेपाली सेनाले रु एक करोडभन्दा बढी खर्च गरेर घोरेटो बाटो निर्माण गर्‍यो तर त्यो बाटो व्यासीहरुको घोडा खच्चड हिँड्नलायक नभएको स्थानीयवासी बताउँछन् । तम्बाकु भीरमा उस्तै अवस्था छ । अस्थायी बाटो बनाएर मान्छेलाई हिँड्डुल गर्न बनेको छ ।

व्यासको बुदीसम्म बाटो ठाउँठाउँमा अप्ठ्यारो बनेको छ । प्रदेश सरकारले गत वर्ष मात्रै रु ३० लाखभन्दा बढी खर्च गरेर बाटो मर्मत गर्‍यो । त्यो बाटो झाडी फाँडेर बजेट सिध्याउने काम भएको स्थानीयवासी बताउँछन् । अनुगमनकारी निकायबाट बाटो कस्तो बन्यो भनेर हेरिँदैन स्थानीयवासी भन्छन् ।

यस वर्ष सडक विभागअन्तर्गतको डोलीडारले घोरेटोबाटो बनाउने भन्यो तर काम शुरु गरेको छैन । व्यासीहरुको बसाइँसराइ स्थानीय भाषामा (कुञ्चा) सर्न थालेको छ । छ महिना सदरमुकाम खलङ्गा चिसो छल्न आएका व्यासीहरु गर्मी बढ्न थालेपछि पुनः छाङ्गरु र तिङ्कर उक्लिन थालेका छन् ।

यस पटक पनि बाटो नहुँदा भारतकै बाटो भएर व्यास उक्लिनुपरेको स्थानीयवासी मुकेश बोहरा बताउछन् । ‘हरेक वर्ष आफ्नै भूमि भएर बाटो राम्रो बनाइदेऊ भन्छौँ तर कसैले सुन्दैन’, उनले भने, ‘जब बसाइँसराइ हुन थाल्छ तब मात्रै कुरा उठ्छ ।’

गत वर्ष कोरोनाका कारण मुस्किलले भारतीय बाटोको प्रयोग गरेरै सौका समुदाय व्यास उक्लिएका थिए । यस पटक पनि कोरोना कहर शुरु हुँदैछ । छाङ्गरुका चार परिवार गत साता नेपालकै बाटो भएर छाङ्गरु गएका छन् ।

नेपालतिर बाटो नहुँदा जोखिम मोल्नुपरेको स्थानीयवासी दोर्जे लामा बताउछन् । ‘नेपालकै बाटो भएर गाउँ जाँदा अर्जुन ऐतवालको एक झुपु बितेको छ, अहिले पनि आइतबारदेखि अधिकांश कुञ्चा सर्न शुरु हुन्छ’, व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, ‘सदरमुकाम खलङ्गामा गर्मी बढ्न शुरु भएको छ, हामीहरुको बसाइँसराइ माथि उक्लिन शुरु भएको छ ।’

भारत र चीनको सीमा क्षेत्रमा बसोबास गर्ने यहाँका व्यासी सौका समुदाय हरेक वर्ष छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यासको छाङ्गरु तथा तिङ्कर बस्ने गर्छन् ।

गत मङ्सिरमा हिमपात हुन थालेपछि उनीहरु सदरमुकाम खलङ्गा झरेका थिए । व्यास उक्लिएपछि उनीहरु यार्सागुम्बा सङ्कलन र खेतीपाती भित्र्याउने काममा व्यस्त हुन्छन । यहाँका स्थानीयवासी सबै बस्तुभाउ, घोडाखच्चर र झुपुहरु लिएर व्यासका स्थानीयवासी आइतबारदेखि माथि उक्लिन शुरु हुन्छ ।

सदरमुकाम खलङ्गाबाट २८ कोष उत्तरमा हिमाली क्षेत्र तिङ्कर र छाङ्गरु पर्दछ । नेपालको दार्चुलामा मात्र बसोबास रहेको सौका समुदायको व्यासको छाङरु गाउँमा १२० तथा तिङ्करमा ७० भन्दा बढी परिवारको बसोबास छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यस पटक शुक्रबारसम्म व्यासको छाङ्गरु र तिङ्कर जानका लागि ४६१ जनाले अनुमति लिएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ४ : १५ बजे

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत