भम्केनीधाम सौर्य बत्तीले झलमल्ल | Khabarhub Khabarhub

भम्केनीधाम सौर्य बत्तीले झलमल्ल


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भीमदत्त नगरपालिका–८ स्थित भम्केनीधाममा सौर्य बत्ती जडान गरिएको छ ।

नगरपालिका कार्यालय र वडा कार्यालयले संयुक्तरूपमा सौर्य बत्ती जडान गरेका हुन् । सौर्य बत्ती जडानपछि भम्केनीधाम झलमल्ल भएको छ । यसअघि उज्यालो नहुँदा भक्तजनलाई राति समस्या हुने गरेको थियो ।

महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनीधामको आग्रहमा २० वटा सौर्य बत्ती जडान गरिएको छ ।

भीमदत्त–८ का वडाध्यक्ष ध्वजबहादुर विष्टले भम्केनीधामको धार्मिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएर सौर्य बत्ती जडान गरिएको बताए ।

“भम्केनीधाम नेपालको चौथो धाम हो, यसको धार्मिक पर्यटन प्रवर्द्धनका लागि नगरपालिका र वडा कार्यालय एकजुट भएर लागेका छौँ, उच्च प्राथकिता दिएका छौँ”, उनले भने, “राति उज्यालो नहुँदा समस्या हुने भएपछि सौर्य बत्ती बालेका छौँ ।”

चुरे फेदको यस धाममा राति उज्यालो नहुँदा सरसामान चोरी हुने डर थियो । अहिले सौर्य बत्ती जडान भएर झिलीमिली भएपछि चोरी हुने सम्भावना हटेको भक्तजन बताउँछन् ।

जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यले चार महिनासम्म मौन व्रत बसेर भम्केनीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा पहिचान गराएका थिए ।

जगद्गुरुको पहलमा अहिले धाममा ७५ फिट अग्लो अष्टधातुको नेपाल आमाको मूर्ति निर्माण अघि बढेको छ । अष्ठधातुको मूर्ति निर्माणका लागि भीमदत्त नगरपालिकाले एक करोड सहयोग गर्ने प्रतिबद्धता गरेको छ । त्यसमध्ये हालसम्म रु ५० लाख सहयोग रकम मूर्ति निर्माणका लागि उपलब्ध भइसकेको छ ।

भम्केनीधामसम्म बाटो निर्माण गरी आवागमन सहज बनाइएको छ । सुदूरपश्चिमका सबै जिल्लाको प्रतिनिधित्व हुने गरी कुण्ड निर्माण गरिएका छन् ।

स्थानीयवासीका अनुसार पौराणिककालमा भकभक गरी आउने पानीका आधारमा यसको नाम भम्केनी राखिएको हो । भम्केनीका छ कुण्डमध्ये पाँच पाण्डव र एक द्रौपदीको रहेको किंवदन्ती छ । भीमले द्रौपदीलाई नुहाउन कुण्ड बनाएको स्थानीयवासी बताउँछन् ।

भम्केनीधाम प्रचार प्रसारमा आएपछि बर्सेनि पूर्वाधार निर्माणका काम गरिएका छन् । अहिले महेन्द्रनगरबाट भम्केनीधामसम्म सडक कालोपत्र गरिएको छ । ब्रह्मदेवबाट रौटेलासम्मको जैविकमार्ग पनि धाम भएर निर्माण गरिएको छ ।

महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनीधामका अध्यक्ष वीरबहादुर सिंहले धामको विकासका लागि गुरुयोजना निर्माण गरिएको बताए । छ दशमलव दुई हेक्टरमा फैलिएको धामलाई पुरातात्विक विभागको धार्मिक पर्यटकीय क्षेत्रमा समावेश गराउन पहल गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ११ : ०५ बजे

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन्

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए