इरानमा चिनियाँ बिटकोइन कम्पनी सञ्चालनका कारण चीन बिरोधी मनोभावना वृद्धि « Khabarhub

इरानमा चिनियाँ बिटकोइन कम्पनी सञ्चालनका कारण चीन बिरोधी मनोभावना वृद्धि


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानमा चिनियाँ कम्पनीहरुले क्रिप्टोकरेन्सी बिटकोइन उत्पादन सञ्चालन गरिरहेका कारण विद्युतीय सेवा अवरुद्ध हुने गरेको छ ।

चिनियाँहरुले इरानमा बिटकोइन कम्पनीहरु चलाईरहेका कारण स्थानीय क्षेत्रमा ठूलो मात्रामा विद्युतीय सेवा अवरुद्ध भएको हो । यहि कारण इरानमा चिनियाँ बिरोधी मनोभावना पैदा भएको बताईएको छ ।

बिटकोइन कम्पनीहरु सञ्चालनमा ठूलो मात्रामा विद्युत खपत हुने गरेका कारण इरानमा दर्जनौं शहरहरुमा गत जनवरीदेखि विद्युत सेवा अवरुद्ध भएको इरानी उर्जामन्त्री रेजा अर्देकानिएनले बताएका छन् ।

इरानमा सञ्चालित क्रिप्टोकरेन्सी बिटकोइन उत्पादनहरु चिनियाँ कम्पनीहरुको रहेका फ्रान्सको टेलिभिजन फ्रान्स–२४ ले जनाएको छ । यद्यपि, इरानमा चिनियाँ कम्पनीहरुले बिटकोइन उत्पादन गोप्य राख्ने प्रयास गर्दै आएका छन् । चिनियाँ बिटकोइन कम्पनी आर्एच्वाईले इरानमा आफ्नो गतिबिधि गोप्य राख्ने मनसायले इरानलाई मध्यपूर्व भनेर उल्लेख गर्ने गरेको छ ।

बिटकोइन उत्पादनका लागि चिनियाँ कम्पनीहरुले इरानलाई महत्वपूर्ण क्षेत्र मान्दै आएका छन् । बिटकोइन उत्पादनका लागि चिनियाँ कम्पनीहरुले इरानमा लगानी बिस्तार गरिरहे पनि ठूलो मात्रामा विद्युत खपत हुने र चिनियाँ बिरोधी मनोभावना वृद्धिको समस्या भोगिरहेको छ ।

स्रोत : इकोनोमिक टाईम्स

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ०१ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर