आमाको सारीमा आगो सल्किँदा बच्चाको मृत्यु « Khabarhub

आमाको सारीमा आगो सल्किँदा बच्चाको मृत्यु


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– भान्सामा खाने पकाउने क्रममा आमाको सारीमा सल्केको आगोले बच्चाको ज्यान गएको छ ।

राप्ती गाउँपालिका वडा नं. ५ कालापानीकी ४४ वर्षीया आमा पुनम सुनारले खाना पकाउँदै गर्दा अँगेनामा बालेको आगो सारीमा सल्किन पुग्दा उनी गम्भीर घाइते भएकी छन्।

जलेर गम्भीर अवस्थामा रहेकी उनकी एक वर्षीया छोरी बिना सुनारको उपचारका क्रममा लमही अस्पतालमा मंगलबार बिहान साढे दुई बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए।

भट्टका अनुसार आमाले बच्चालाई काखमा लिएर खाना पकाउँदै गर्दा सारीबाट आगो सल्किएर आमा-छोरी जेलेर गम्भीर अवस्थामा उद्दार गरिएको थियो।

‘हामीलाई प्राप्त सूचना अनुसार आमाको मानसिक सन्तुलन त्यति ठिक थिएन भन्ने कुरा आएको छ,’ भट्टले भने, ‘घाइते आमाको पनि अवस्था पनि गम्भीर छ, उहाँको लमहीमा उपचार भइरहेको छ।’

घटना घटेको केहीपछि राति ९ बजेतिर मात्रै आगलागीबारे सूचना दिइएको हुँदा समयमै पीडितको उद्दार हुन नपाएको प्रहरी निरीक्षक भट्टले बताए।

इप्रका भालुबाङका असई हरि पाण्डेले घाइतेको स्थानीय मेडिकलमा उपचारपछि थप उपचारको लागि लमही लगिएको जानकारी दिए।

सारीबाट सल्केको आगोले आमा-छोरीको शरीरको विभिन्न भाग जलेको भए पनि अन्य भान्सा कोठा तथा घरमा आगलागी भने नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १ : १९ बजे

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको