प्रभावकारी बन्दै आमासँग उपाध्यक्ष कार्यक्रम « Khabarhub

प्रभावकारी बन्दै आमासँग उपाध्यक्ष कार्यक्रम


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिकाले सुनौलो हजार दिनभित्रका आमालाई उपाध्यक्षको पोषण कोसेली कार्यक्रम सञ्चालन गरेको छ ।

आमा र बच्चालाई स्वस्थ राख्न सके मात्र परिवार, समाज, समुदाय र सिङ्गो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमअन्तर्गत विभिन्न खाद्य सामग्री तथा लत्ता कपडा एवं सरसफाइका सामग्री उपलब्ध गराइएको छ । उपाध्यक्ष विष्णु बुढाका अनुसार गर्भवती र सुत्केरीलाई धान उत्पादन नहुने क्षेत्रमा पाँच केजी मार्सी चामल, धान फल्ने क्षेत्रमा पाँच केजी चना, बच्चालाई न्यानो कपडा, एक पाकेट तोरीको तेल, नङकाट, नुहाउने साबुन र झोला दिने गरिएको छ ।

पालिकाको चालू आव २०७७/७८ नीति तथा कार्यक्रममा नै सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम समावेश गरिएको थियो । गर्भवती भएको बेला चार पटक जाँच गर्नुपर्ने, पौष्टिक आहार खाने संस्कारको विकास, पारिवारिक जिम्मेवारीको बोध, व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने विषयमा कार्यक्रममा छलफल हुन्छ ।

कार्यक्रमका लागि १५ लाख रुपैयाँ विनियोजन भएकोमा अपुग देखिएपछि थप रु १० लाख आवश्यक रहेको उपाध्यक्ष बुढाले बताइन ।

असार मसान्तसम्म एक हजार १७७ गर्भवती तथा सुत्केरीलाई पोषण कोसेली उपलब्ध हुने उपाध्यक्ष बुढाले भने, “नियमित चार पटक स्वास्थ्य जाँच गरेका, निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिएका, खोप कार्ड भएका, सुरक्षित सुत्केरीका स्वास्थ्य संस्थामा सेवा लिएका जस्ता मापदण्ड पूरा गरेका गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखिएको छ ।

कार्यक्रमबाट खासगरी विपन्न वर्गका महिलाले निकै राहत महशूस गरेका छन् । घर आँगनमै पोषिलो कोसेली पाउँदा निकै खुसी भएको तिला गाउँपालिका– २ की मधु परियारले बताइन । एक छोरा एक छोरीको आमा बनेकी परियारले भनिन्, “स्थानीय सरकारले सञ्चालन गरेको सुनौला हजार दिनका आमालाई उपाध्यक्ष पोषण कोसेली कार्यक्रमले गर्भवतीलाई निकै राहत पुगेको छ ।’’

सुनौला हजार दिनका आमालाई उपाध्यक्ष पोषण कोसेली कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको स्थानीयवासी सरस्वती रोकायाले बताइन । गर्भवती हुँदासमेत आराम नपाउने, गोठमै सुत्केरी गराउने, सुत्केरी हुँदा बखत घरको जग छुन नदिने अन्धविश्वासपूर्ण संस्कृतिलाई अन्त्य गर्न यो कार्यक्रमले ठूलो सहयोग मिलेको रोकायाले बताइन ।

उनी भन्छिन्, “गरिबी र अशिषाका कारण यहाँका महिलामा कार्य बोझ निकै छ । पोषिलो खानेकुरा त के राम्रोसित आराम पनि पाउँदैनन् । उनीहरु अधिकांशको स्वास्थ्य अवस्था निकै कमजोर रहेको छ ।’’

उपाध्यक्ष कोसेली कार्यक्रमले गर्भावस्था र सुत्केरीको समयमा अपनाउनु पर्ने सावधानी र आवश्यक पोषणको महत्वका बारेमा गराएको जानकारीले शिशु तथा मातृमृत्यु दरलाई पनि कम गर्न सकिने निकै महत्वपूर्ण सन्देश दिएको छ । गर्भवतीलाई सचेत बनाएको रोकायाले बताइन ।

आमा र बच्चाको सुरक्षित स्वास्थ्यका लागि उपाध्यक्षको कोसेली कार्यक्रम प्रभावकारी भएको वडाध्यक्ष कलिबहादुर रावतले बताए । गाउँपालिकाले ‘दुई सन्तान, ईश्वरको वरदान’ भन्ने मूलमन्त्रलाई अघि बढाएको छ । दुई छोरी पाएर आफ्नो पूर्ण सन्तान ठान्ने दम्पत्तिलाई सम्मान गर्ने कार्यक्रम तय भएको गाउँपालिका उपाध्यक्ष बुढाले बताइन ।

गत आवमा नियमित गर्भ जाँच गरेका र स्वास्थ्य संस्थामा सुत्केरी गराएका आमालाई मात्र पोषण कोसेली दिइएको थियो ।

पोषण कोसेली लिएर उपाध्यक्ष बुढा यतिबेला गाउँगाउँमा पुग्न थालेकी छन् । सो अवसरमा अपरिपक्क उमेरमा विवाह नगर्न, सानै उमेरमा विवाह गरेर बच्चा नजन्माउन र दुई सन्तानभन्दा बढी बच्चा नजन्माउनका लागि सुझाव र राय सल्लाह दिने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ३ : ०८ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही