९० लाख बराबरको खैरो हेरोइन पेटभित्र लुकाएर ल्याउने लामा पक्राउ « Khabarhub

९० लाख बराबरको खैरो हेरोइन पेटभित्र लुकाएर ल्याउने लामा पक्राउ


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले करिव ९० लाख बराबरको खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गएको चैत २६ गते त्रिभुवन विमानस्थलमा पक्राउ परेका धादिङका दावा लामाका साथबाट खैरो हेरोइन बरामद गरेको हो ।

उनी यसअघि पनि लागू औषध कारोबारका क्रममा पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

५ वर्ष कैद सजाय भुक्तान गरिसकेका धादिङका लामा फेरि उस्तै प्रकरणमा पक्राउ परेको व्युरोले जनाएको छ ।

३९ वर्षीय लामालाई पक्राउ गरेपछि सिटी स्क्यान गरिएको थियो । सिटी स्क्यानमा उनको पेटभित्र हेरोइन देखेपछि औषधि प्रयोग गरेर निकालिएको थियो ।

लामाको शरीरमा भेटिएको क्याप्सुलको संख्या ९३ रहेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी दिलिप चौधरीले जानकारी दिए ।

पाकिस्तानबाट दुबई हुँदै काठमाडौं उत्रिएपछि व्युरोले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो। उनी काठमाडौंबाट दुवई हुँदै पाकिस्तान पुगेर फर्केका थिए ।

उनीसँगै प्रहरीले लागु‍औषध कारोबार अभियोगमा होनीमाय तामाङ्नी र वयसबहादुर गुरुङलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १० : ०३ बजे

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त

आज ओपीडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन 

काठमाडौं– लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सेवा