जवाहरलाल नेहरुको एक प्रेरक प्रसङ्ग « Khabarhub

जवाहरलाल नेहरुको एक प्रेरक प्रसङ्ग


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्यस समय जवाहरलाल नेहरु इलाहावाद महानगरपालिका अध्यक्ष थिए । एक दिन उनी कार्यालयमा कागजात अध्ययनमा व्यस्त थिए । त्यसै समय महानगरपालिकाका जलकल विभागका मुखिया अबुल फजल आए र एउटा लामो नामावलीको सूची देखाएर भने— सर, यो त्यस्ता व्यक्तिहरुको नामावली हो जसले महानगरपालिकाको पानीको कर धेरै समयदेखि तिरेका छैनन् । त्यसकारण नियमानुसार तिनीहरुको धाराको कनेक्सन काटिदिनुपर्छ ।

नेहरुले त्यो सूची सरसर्ती पढे । त्यसमा नेहरुको बुवाको नाम पनि लेखिएको थियो । नामावली सूचीको अध्ययनपछि सूची फर्काउँदै भने— यसमा मेरो रायको जरुरत किन पर्‍यो ? नियमले जे भन्छ, त्यही गर्नुस् ।

तर सर, यस सूचीमा त ठुल्ठूला प्रतिष्ठित व्यक्तिहरुको नाम पनि समावेश भएको छ । जस्तै— हाइकोर्टका जर्ज तपाईंको बुवा र अन्य गन्यमान्य व्यक्तिहरु ।

त्यसले के फरक पार्छ र ? नियम सबैका लागि समान हुन्छ । नियमले सानो–ठूलो छुट्याउँदैन । त्यसैले नहिच्किचाइकान कारवाही सुरु गर्नुस् ।

आदेश पाएको भोलिपल्टदेखि नै मुखियाले धाराको कनेक्सन काट्ने कार्य सुरु गरिदिए । धाराको कनेक्शन काट्ने कार्य सुरु भएपछि पानीको शुल्क नतिर्ने व्यक्तिहरु चिन्तित हुन थाले । यस्तै समस्या नेहरुको घरमा पनि हुन थाल्यो ।

नेहरुका बुवाले नेहरुसँग पानी बन्द भएको कारण सोधे । नेहरुले भने— तपाईंले धेरै समयदेखि पानीको शुल्क तिर्नुभएको छैन । अरु पनि धेरै व्यक्तिले पानीको शुल्क नतिरेको हुनाले बाध्य भएर महानगरपालिकाले यो कदम उठाउनु परेको हो ।

नेहरुका बुवाले भने— कमसे कम महानगरपालिकाले सार्वजनिक सूचना त दिनुपर्थ्यो ।

नेहरुले उत्त दिए— बुवा, समयमै पानीको महसुल बुझाउनु जनताको कर्तव्य होइन र ?

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ५ : २० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा