सुझाव आयोगको प्रतिवेदन– यस्तो छ प्रदेशको नाम र राजधानीबारेको सुझाव « Khabarhub

सुझाव आयोगको प्रतिवेदन– यस्तो छ प्रदेशको नाम र राजधानीबारेको सुझाव


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन बुझाउनु भएको हो ।

मुख्यमन्त्री राउतले प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनलाई अध्ययन गरी प्रदेशसभाको समितिलाई हस्तान्तरण गरिने बताए । उनले प्रदेशको स्थायी राजधानी अत्यावश्यक र आम जनताको चासोको विषय रहेकाले प्रतिवेदनलाई मन्त्रिपरिषद्मा छलफल गरी विलम्ब नगरी प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

आयोगका अध्यक्ष डा झाले जनभावनाअनुरूप प्रजातान्त्रिक वातावरणलाई मध्यनजर गर्दै जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, दलका प्रतिनिधिसँग बृहत् छलफल गरी अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको बताए । उनले प्रदेशका आठै जिल्लामा प्रश्नावली, विचार र छलफलका माध्यमबाट आएको सुझाव सङ्कलन गरी प्रतिवेदनमा समेटिएको जानकारी गराए ।

आठ सय जनालाई प्रश्नका माध्यमले सुझाव सङ्कलन र आठै जिल्लामा बृहत् छलफल कार्यक्रम गरी प्रतिवेदन तयार गरिएको छ भन्दै उनले प्रदेशको राजधानीमा जनकपुर, वीरगञ्ज, सिमरौनगढ, बर्दिवासलगायत नाम र प्रदेशको नामकरणमा मधेश, मध्य मधेश, मिथिला, मिथिला–भोजपुरा, जानकीलगायत नाम सुझावबाट आएको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  २ : ५५ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको