काठमाडौँ उपत्यकाका जिल्ला प्रशासनमा आजदेखि अत्यावश्यक सेवा मात्रै | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासनमा आजदेखि अत्यावश्यक सेवा मात्रै

थप कदम चाल्नेबारे आज तीन जिल्लाका प्रजिअको संयुक्त बैठक  


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् ।

कोरोनमा भाइरस संक्रमणको बढ्दो दरलाई मध्यनजर गर्दै तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।

अब प्रशासन कार्यालयले वैशाख २० गतेसम्म शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित काम तथा अन्य अत्यावश्यक सिफारिस मात्र दिने जनाएको छ ।

यस्तो छ सूचना

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी दिएको छ ।

थप कदमबारे आज पनि बैठक

संक्रमण उच्च हुँदै गएपछि थप कदम चाल्नेबारे आजै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि आज दिउँसो १ बजे संयुक्त बैठक बस्न लागेको अधिकारीहरूले जनाएका छन् ।

कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पहाडी जिल्लामा २०० र शहरी क्षेत्रमा पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन्।

यी तीनै जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेकाले निषेधाज्ञा जारी हुन सक्ने ठानिएको छ ।

कोरोना जोखिम र आवश्यक कदमबारे छलफल गरी आजै उपयुक्त निर्णय हुन सक्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

‘निर्णय यही हुन्छ भन्न अहिल्यै सकिँदैन, तर उपयुक्त मोडालिटी अपनाएर तीनै जिल्लामा लागु हुने गरी केही न केही निर्णय गर्छौँ, ‘ प्रजिअ पराजुलीले खबरहबसँग भने ।

 

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : २५ बजे

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार– दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा तीन करोड

शंकर पोखरेलको प्रश्न- चुनावमा सहभागी हुने घोषणा गरेर मन्त्री पदमा बस्नु उचित हुन्छ ?

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले ऊर्जामन्त्री कुलमान घिसिङले

अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू

मेलम्चीबासीले मुहानमा किन लगाए ताला ? जनप्रतिनिधि भन्छन्- पानी रोक्नुको विकल्प थिएन

काठमाडौं – उपत्यकामा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यसहित २०५५ सालमा मेलम्ची

न्युजिल्यान्डका अलराउन्डर जिमी निशमले पोखराबाट एनपीएल खेल्ने

काठमाडौं – न्युजिल्यान्डका अलराउन्डर जिमी निशमले पोखराबाट नेपाल प्रिमियर लिग